हुन्डाई भेन्यू आईएमटी र  १.२ एसप्लस अब नेपालमा

Advertisement

काठमाडौँ । हुन्डाई गाडीको नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतिक्षित गाडी हुन्डाई भेन्यू आईएमटी र  हुन्डाई भेन्यू १.२ एसप्लस टु सार्वजनिक गरेको छ । हुन्डाई भेन्यू आईएमटी   र  हुन्डाई भेन्यू १.२ एसप्लस टु  भिन्न इन्जिन अप्सनमा उपलब्ध हुने छन् । १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजी जसको ८३पीएस/६०००आरपीएमको सर्वाधिक पावर रहनेछ, तथा १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजी, जसको सर्वाधिक पावर १२०पीएस/६०००आरपीएमको रहनेछ । 

बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा अघिल्लो बर्ष सार्वजनिक गरिएको हुन्डाई भेन्यूले बजारमा आफ्नो दह्रो उपस्थिति जनाएको छ । हुन्डाइ भेन्यू स्मार्ट शार्क फिन एन्टिना, टर्न सिङ्गल्स भएका विद्युतले मिलाउन सकिने रिअर मिरर,  इलेक्ट्रिक सन रुफ, आकर्षक व्रmोमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेलले सु-सज्जित छ । यसको आर१५ डायमण्ड कट एलोइ पाङ्ग्रा तथा रिअर क्यामेराको साथ हिल एसिष्ट कन्ट्रोलले नौलौ र उत्साहजनक सवारी अनुभव दिनेछ । हुन्डाई भेन्यू १.२ एसप्लसमा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ, जस अन्तर्गत कर्नरिङ्ग लाइट, प्रोजेक्टर फग लाइट तथा व्रिmष्टल इफेकट सहितको लिड डीआरएल लाइट विशेष छन् ।

Advertisement

इंटेलिजेंट म्यानुअल ट्रान्समिशनको साथ हुन्डाई भेन्यू आईएमटीले क्लचलेस ड्राइभिंग अनुभव दिन्छ। सो सेगमेन्टमा नयाँ, आईएमटीसँग क्लच प्याडल नभएकाले राम्रो ईन्धन दक्षता र मजाको ड्राईभिइङ अनुभव गर्न पाईन्छ । 

उत्कृष्ट यात्राको अनुभव गराउन, हुन्डाई भेन्यू आईएमटी   र  हुन्डाई भेन्यू १.२ एसप्लसमा नवीनतम विशेषताहरु जस्तै रियोस्टयाट सहितको एड्भान्स सुपरभिजन क्लसटर, ड्राईभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटीे म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल रहेका छन् जस्ले हुन्डाई भेन्यूू आईएमटी   र  हुन्डाई भेन्यू १.२ एसप्लसलाई  एउटा सुरक्षितयात्राको सहयात्री बनाएको छ । हुन्डाई भेन्यू आईएमटी   र  हुन्डाई भेन्यू १.२ एसप्लस थप विशेषताहरुमा वाइरलेस फोन चार्जर, कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर एसि भेन्ट रहेको छ । यी गाडीहरुको शुरुवाती मूल्य हुन्डाई भेन्यू १.२ एसप्सल रु.४४,५६,००० र हुन्डाई भेन्यूू आईएमटी रु. ४४,९६,०००   कायम गरिएकोे छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले  विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

Advertisement

Advertisement