बास्किन रोबिन्सः आइसक्रीम उद्योगमा नवीनतम उदाहरण

Advertisement

काठमाडौँ । सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रालिको साझेदारीमा ज्योति गुप्रले विश्वमै सबै भन्दा बढी रुचाइने ‘बास्किन रोबिन्स’ आइसक्रिमलाई बजार व्यवस्थापन गरिरहेको छ । 

सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रालिका अध्यक्ष सौरभ ज्योति नेपालमा रहेका आफ्ना ग्राहकहरुका लागि उत्कृष्ट डेजर्ट पस्किन सदैव अगाडि छन् । नेपालका ११ वटा शहरमा १६ भन्दा बढी रिटेल आउटलेट रहेको यस ‘बास्किन रोबिन्स’ लाई बजार व्यवस्थापन गरिएको हो । 

Advertisement

विश्वमै सबै भन्दा बढी रुचाइने आइसक्रीम ट्रीट ब्रान्ड बन्ने र नेपालमा स्वादिष्ट अनि उत्कृष्ट आइसक्रीम ब्रान्ड हुने लक्ष्य लिएर अघि बढेको यस कम्पनीले गुणस्तरीय उत्पादनहरूका साथै नवीनतम र सुविधा दायक सेवा प्रदान गर्ने अठोट लिएको छ ।

सन् २०१७ देखि सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रालिको नाममा ज्योति ग्रुपले एफएमसीजी उद्योगको स्थापना गरेको हो । वर्षौंदेखि आइसक्रीमको कारोबार गर्दै आएको कम्पनीले द्रुत गतिमा नेपालभर आफ्नो वितरण च्यानल र कार्यालयहरूको बिस्तार गर्दै आएको छ । समग्ररुपमा भन्ने हो भने कम्पनीले हस्पिटालिटी तथा रिटेल उद्योगमा उत्कृष्ट एवम् प्रशिक्षित टीम भएको एक समर्पित ब्रान्ड हो ।

बास्किन रोबिन्स आइसक्रीम उद्योगमा नवीनतम उदाहरण हो । हरेक पटक नयाँ स्वाद प्रदान गर्नका लागि कम्पनीले विभिन्न विकल्पहरू पस्किदै आएको छ, जस अन्तर्गत फ्याट कम भएको लो क्यालोरी आइसक्रीम, अतिरिक्त चिनी नभएको, डेरी रहित आइसक्रीम फ्लेवरहरु, सेकका विभिन्न प्रकारहरु, सन्डिज्, बार्स, बेल्जियम वाफल र चोको लाभा पर्दछन् । यस ब्रान्डले निरन्तर रुपमा आइसक्रीम केक तथा अन्य नयाँ उत्पादहरुमा समेत नविकरण गर्दै जाने जनाएको छ ।

ग्लोबल मापदण्डहरुबाट प्रेरित हुँदै उत्तर ढोकामा अवस्थित ब्रान्डको फ्लागसिप स्टोर मार्फत ग्राहरुहरुले ३१ वटा विभिन्न फरक स्वादहरुको मजा लिन सक्नुहुनेछ । यसका साथै यस कम्पनीले दैनिक रुपमा एक व्यवस्थित खाना सुरक्षा योजना कायम गरेको छ, जुन दैनिक अडिट्सले प्रमाणित समेत गर्दछ । 
 
 

Advertisement

Advertisement