सरकारलाई अझै पनि काम गर्न नदिइएको प्रधानमन्त्री ओलीको गुनासो

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद पुनःस्थापनापछि पनि सरकारले काम गर्न नपाएको गुनासो गरेका छन् । शुक्रबार मेलम्चीको पानी वितरण शुभारम्भका क्रममा उनले  संसद तानातानको थलो भएको भन्दै सरकारले अझै पनि काम गर्न नपाएको बताए । 

दलहरूका बलियो हुँ भन्ने केही नेताहको कारण संसद तानातानको थलो बनेको उनको भनाई छ । ओलीले भने, ‘संसद तानातानको थलो भएको छ । संसद न काम अगाडि बढाउन सक्छ, बलियो हुँ भन्नेहरुको तानातान संसद हुनुहुँदैन ।’ 

Advertisement

प्रधानमन्त्री बन्न नपाएपछि प्रतिगमन भन्नेहरू देखिएको टिप्पणी र्गै ओलीले, ‘प्रधानमन्त्री हुन अवैध बाटोबाट कुध्ने, प्रधानमन्त्री बन्न नपाए प्रतिगमन ?’ व्यक्तिको आकांक्षा पूरा नहुँदा असन्तुष्टि अभिव्यक्त गर्न थालिएको उनले बताए । 

ओलीले धारामा पानी नआउँदा पनि शुल्क तिर्नुपर्ने अवस्था अब नहुने बताए । उनले राज्यको कमजोरीका कारण पानी पनि नआउने र उल्टै बिना कारण शुल्क र जरिवाना तिर्नुपर्ने परिस्थिति आजबाट अन्त्य गर्न निर्देशन दिए । 

Advertisement

Advertisement