सत्तामा रहे पनि नरहे पनि नेपालको राजनीति केपी ओलीकै हातमा हुन्छः कँडेल

Advertisement

काठमाडौं । इन्जिनियर दिपेन्द्र कँडेलले विश्वासको मत नपाउनु नै प्रधानमन्त्री केपी ओलीको ठूलो विजय भएको तर्क गरेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले विश्वासको मत पाएको भए ओलीलाई मिशनअनुसार अघि बढ्न कठिनाई हुनसक्थ्यो भन्दै अहिले विश्वासको मत नपाउनु नै ओलीको सफलता हो भने । 

ओलीले अविश्वासको प्रस्ताव आउने भित्री तयारीपछि एक कदम अघि बढेर विश्वासको मत दिन संसदको विशेष अधिवेशन बोलाएको भन्दै कँडेलले विश्वासको मत प्राप्त हुन्न, माधव नेपाल समूहले पनि सहयोग गछैन भन्ने थाहा हुँदाहुँदै पनि रणनीतिकरुपमा विश्वासको मत लिने निर्णय गरेको बताए । 

Advertisement

राष्ट्रपतिले बहुमतको सरकारका लागि आव्हान गर्दैमा बहुमत नपुग्ने दाबी उनको छ । कँडेलले संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको सरकारको नेतृत्व ओलीले गर्ने उनले बताए । 

यति परिस्थितिमा विश्वासको मत लिन जाँदा र आफ्नै पार्टीभित्र एउटा समूहले सहयोग गरिरहँदा आफ्नो हार पनि हुनसक्छ भन्ने के ओलीलाई थाहा थिएन र ? भन्दै कँडेलले आफ्नो मिशनअनुसार ओली अगाडि बढ्ने कुरामा आफू विश्वस्त रहेको बताए । 

उनले सरकारमा रहे पनि नरहे पनि ओली नेपालको राजनीतिको केन्द्रमा रहने राजनीतिलाई दिशानिर्देश गर्नसक्ने क्षमता उनीबाहेक अन्य नेतामा नरहेको बताए । कँडेलले संकटकाल लगाएर भए पनि ओलीले अहिलेको स्वास्थ्य समस्या समाधानदेखि विकास निर्माणका कामलाई अघि बढाउनुपर्ने बताए । संभवतः अब पनि ओलीले नै सरकारको नेतृत्व गर्ने भन्दै उनले सत्तामा भए पनि नभए पनि नेपालको राजनीति उनकै हातमा रहने बताए ।

Advertisement

Advertisement