शिव शिखरद्धारा भक्तपुर नगरको प्रकोप व्यवस्थापनलाई तीन लाख सहयोग

Advertisement

भक्तपुर । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले भक्तपुुर नगरपालिकाद्धारा स्थापित प्रकोप व्यवस्थापन कोषमा तीन लाख एक हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गरेको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न आर्थिक सहयोगको आह्वान गरेको थियो ।

संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतमका अनुसार नगरपालिकाले सहयोगका लागि आव्हान गरेपछि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिव शिखरले उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो । मुख्य प्रबन्धक गौतमका अनुसार संस्थाले कोटेश्वरदेखि पलासेसम्म सिसिटिभी जडान गर्न भक्तपुर जिल्ला सिसिटिभी समितिलाई ७५ हजार रुपियाँ आर्थिक सहयोग समेत उपलब्ध गराएको छ ।

Advertisement

 
भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको यो सहकारीले बचत तथा ऋण परिचालनका अतिरिक्त सुपथ मुल्यमा कृषकहरूलाई पावर ट्रेलर, मिनि ट्रेलर, पम्प लगायतका कृषि कार्यका लागि आवश्यक पर्ने विभिन्न आधुनिक कृषि यन्त्र तथा उपकरणहरू विक्री वितरणको कामसमेत गर्दै आइरहेको छ । शिव शिखरले उपभोक्तालाई सर्वसुलभ रूपमा एउटै छानामुनि दैनिक उपभोग्यवस्तु उपलब्ध गराउन मुलुकका विभिन्न स्थानमा चेन स्टोरका रूपमा गार्डेन मार्ट सञ्चालनमा ल्याएको छ ।  
 

Advertisement

Advertisement