टाटा मोटर्सद्वारा नेक्सन इलेक्ट्रिक एसयूभी गाडीको बुकिङ्ग चाँडै खुल्ने घोषणा

Advertisement

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपालमा नयाँ नेक्सन इलेक्ट्रीक एसयूभी गाडीको बुकिङ्ग चाँडै खुलाउने घोषणा गरेको छ । 

अत्याधुनिक डिजाइनको जिपट्रोन प्रविधिमा आधारित यस एसयूभी मुख्यतः वायु प्रदुषण रहित तथा पूर्ण रोमाञ्चकारी यात्रा अनुभव गर्न चाहने ग्राहकवर्गलाई लक्षित गरिएको छ । यस विद्युतिय गाडीको वनावट मनमोहक छ भने यसलाई छरितो ढंगले द्रुत गतिमा हाँक्न सकिने, लामो दुरीको यात्रा पनि सहजताका साथ गर्न सकिने र ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई तुरुन्त आफ्नै घरमा चार्ज गर्न मिल्दछ ।

Advertisement

सन् २०२० को जनवरीबाट भारतमा बिक्रि वितरण सुरु भएको यस गाडीले छोटो अवधिमै भारतीय बजारमा आफ्नो बिशिष्ट पहिचान बनाइसकेको छ । आजको मितिसम्म यसले भारतीय विद्युतिय गाडी बजारको ६५ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ ।

“पछिल्लोसमय नेपाल सरकारले तर्जुमा गरेको निति नियमले नेपाल विद्युतिय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न प्रतिवद्ध देखिन्छ । टाटा मोटसर्् यस्तो प्रतिवद्धतालाई मुर्त रुप दिन नेपाललाई बल प्रदान गर्न पूर्ण तत्पर छ ।” कम्पनद्धारा जारी बिज्ञप्तिमा भनिएको छ । “हामीले भारतको यातायात क्षेत्रको विद्युतिकरण गरी यसको दीगो विकास गर्ने दिशामा सृजनशील भूमिका खेलेका छौं ।” लामो समयदेखि नेपाललाई आफ्नो एक “स्ट्रेटिजिक” बजारको रुपमा हेरेको कम्पनीले यहाँ पनि त्यस्तै भूमिका खेल्ने उदेश्य राखेको छ । 

टाटा मोटर्स्ले नेपालमा विद्युतिय सवारीसाधनको प्रभावकारी संचालनका लागि एक पूर्ण इकोसिस्टमको विकास गर्ने लक्ष्य राखेको छ । यसका लागि कम्पनीले उत्कृष्ट विद्युतिय गाडी भित्र्याउनुको अतिरिक्त नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, बिभिन्न स्थानमा चार्जिङ्ग लगाएतका सुविधाहरु प्रदान गर्नेछ ।

उक्त कार्यक्रममा बोल्नुहुदैं टाटा पेसेन्जर भेहिकल युनिटको अन्तर्राष्ट्रिय व्यापार प्रमुख मायांक बाल्डी भन्छन्, “पछिल्लो समय नेपाल सरकारले विद्युतिय सवारी साधनलाई प्रवर्द्धन गर्ने हेतुले विभिन्न नियम कानुनको तर्जुमा गरेको पाइन्छ । नेपालको यो उद्धेश्यको  सफलता प्राप्तिका लागि आफ्नो नयाँ नेक्सन इभी गाडी सहयोगी सिद्ध हुन सक्छ । यतिमात्र होइन यस गाडीले कम खर्चमा नेपाललाई हरित प्रविधिको अङ्गीकार गर्न पनि मद्दत गर्नेछ । वातावरण मैत्री यस गाडीमा यात्रुको सुविधाजनक यात्रा र सुरक्षालाई बिशेष ध्यान दिई तयार पारिएको हो । त्यसैले नेपाली ग्राहकवर्गले यस गाडीलाई अत्यन्त माया गरी पूर्ण विश्वास गर्नुहुनेछ भन्ने हामिले अपेक्षा गरेका छौं ।’

त्यसैगरी सोही कार्यक्रममा बोल्नुहुदैं सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, “वातावरण मैत्री, अत्याधुनिक सुविधा सम्पन्न र आरामदायी नेक्सन इलेक्ट्रीक एसयूभी गाडी नेपाली बजारमा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं । यो गाडीले नेपालमा विद्युतिय सवारी साधनको बजारको विकास र विस्तारमा अग्रणी  भूमिका खेल्नेछ भन्ने विश्वास हामीले लिएका छौं ।”

नयाँ नेक्सन इभीका प्रमुख बिशेषता यस प्रकार छन्: 

नवीनतम बनावट
“इम्प्याक्ट डिजाइन २.०” अवधारणा अन्तर्गत तयार पारिएको यसको वनावट अरु भन्दा विल्कुल भिन्न र आकर्षक देखिन्छ । गाडीको भित्री भाग फराकिलो हुनुको साथै यसमा ध्वनि व्यवस्थापनको लागि बिशेष व्यवस्था पनि रहेको छ । यस्तो व्यवस्थाले यात्रालाई आनन्ददायक र शान्त बनाउन सहयोग गर्दछ । सात इन्चको हर्मन इन्फोटेंन्मेंट प्रणाली भएको नेक्सनमा एन्ड्रोएड अटो र एप्पल प्ले पनि प्रयोग गर्न सकिन्छ ।

दुरी र चार्जिंग
एक पटक चार्ज गरेपछि यस गाडीले बिना कुनै झन्झट २०० देखि २५० किलोमिटरको  दुरी तय गर्न सक्छ । यदी डीसी चार्जर प्रयोग गरियो भने नेक्सन इभी को ८० प्रतिशत ब्याट्री क्षमता ६० मिनेटमै प्राप्त गर्न सकिन्छ ।

उत्कृष्ट कार्यक्षमता
बिशिष्ट जिÞप्पी प्रविधिले सम्पन्न नेक्सनको  कार्यक्षमता उत्कृष्ट  रहेको पाइन्छ । ३०.२ पध्ज को उच्च क्षमताको लिथियम आयोन ब्याट्री भएको यो गाडीको टर्क क्षमता २४५ एनएम रहेको छ । यस कारणले नेक्सन इभी केवल ९.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्न सक्दछ । ड्राइभ र स्पोर्ट्स गरी दुई “ड्राइभ मोड“ भएको यो गाडी ट्राफिक जामको अवस्था मात्र नभई उकालो बाटोहरुमा पनि अत्यन्त उपयुक्त भएको पाइन्छ ।

बिशेष सुरक्षा
नेक्सन इभी ग्लोबल एनक्याप रेटिङ्ग अनुसार यस गाडीमा सुरक्षाको लागि अत्याधुनिक प्रविधि जडान गरिएको छ । यसको परिक्षण दशलाख किलोमिटरको लामो एवं भूगोल र मौसमको दृष्टिले अति चुनौतिपूर्ण बाटोहरुमा सफलतापुर्वक भईसकेकोे छ ।   
 

Advertisement

Advertisement