कारोबार खुलेको ७ मिनेटमै १० प्रतिशतले बढ्यो विशाल बजारको सेयर मूल्य, यस्तो छ कारण

Advertisement

काठमाडौं । प्रिओपन सेसन मै विशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार कारोबार खुलेको ७ मिनेट नपुग्दै यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । 

अघिल्लो कारोबार दिनमा पनि कम्पनीको सेयरमा उच्च वृद्धि भएको थियो । यस कम्पनीको सेयर मूल्य बढ्नुको कारण यस कम्पनीले वर्षौदेखि नगरेको साधारण सभा गर्न लागेको र लगानीकर्तालाई लाभांश वितरण गर्न लागेको भन्ने हल्ला फैलाइएको छ । तर, कम्पनीले भने स्वयम यस विषयमा सार्वजनिक घोषणा भने गरेको छैन् । 

Advertisement

कम्पनीले आधिकारिक रुपमा कुनै घोषणा नगरि हल्लाको भरमा कम्पनीको सेयर मूल्य आकासिएको जानकारहरू बताउँछन् । यसले हल्लाका आधारमा लगानी गर्ने सोझा लगानीकर्ताको लगानी जोखिममा पर्ने देखिएको छ ।  

Advertisement

Advertisement