चीनलाई घेराबन्दी गर्न अमेरिका, बेलायत र अष्ट्रेलिया एक भए

Advertisement

एजेन्सी । विश्वको दोस्रो ठूलो महाशक्ति चीनलाई घेर्न अमेरिका, बेलायत र अस्ट्रेलिया एक भएका छन् । उनीहरूले चीनलाई चुनौति दिनेगरी सैन्य प्रविधिहरू आदानप्रदान गर्ने विशेष सुरक्षा सम्झौताको घोषणा गरेका छन् ।

चीनविरुद्ध लक्षित यस घोषणासँगै अस्ट्रेलियालाई पहिलो पटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो पनि खुलेको छ । ओकस नाम लिइएको त्रिदेशीय यस सम्झौता आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी आदानप्रदानका कुरा छन् । 

Advertisement

चीनले अफ्रिकादेखि इन्डो–प्यासिफिक क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै लगेपछि झस्किएको अमेरिकी ध्रुवले चीनको सामरिक र व्यापार विस्तारलाई समेत रोक्न अष्ट्रेलियालाई समेत सहभागी गराएर रक्षा प्रविधि आदानप्रदानको घोषणा गरेको हो । यस कदमले इन्डो–प्यासिफिक क्षेत्रमा स्थिरता आउने तीन देशका अधिकारीहरूको दावी छ । 

चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट अमेरिका, बेलायत र अष्ट्रेलिया चिन्तित रहँदै आएका थिए । त्रिदेशीय घोषणाको चीनले प्रतिक्रिया जनाउँदै आलोचना गरेको छ । तर वासिङ्टनस्थिति चिनियाँ राजदूतावासले पनि प्रतिक्रिया जनाउँदै तीन देश अझै शीतयुद्धको मानसिकता रहेको बताएको छ । 

Advertisement

Advertisement