आज (असोज ६)को राशिफलः तपाईंको शेयर कारोबार, व्यापार, व्यवसाय कस्तो रहला ?

Advertisement

आज २०७८ साल आश्विन महिनाको ६ गते बुधबार, आश्विन कृष्णपक्षको द्वितीया तिथि । आज सोह्रश्राद्धअन्तर्गत द्वितीया श्राद्ध ।

मेष 
पेशागत जीवन सतत रहने छ । आफ्नो कामप्रति समर्पित काम गर्न लाग्ने छ । आम्दानीमा पनि केही बृद्धि हुने छ । बोलिको प्रभाव बढ्ने छ । भाग्य बलियो रहेको छ । घर घडेरीसँग सम्बन्धि विषयमा भने नोक्सानी ब्योहर्नु पर्ने समय सक्रिय रहेको छ । शेयर क्षेत्र अनुकुल रहने छ । 

Advertisement

वृष
बोलीको प्रभाव बढ्ने छ । आम्दानीमा पनि केही बृद्धि देखा पर्ने छ । रिसको मात्रा धेरै देखा पर्ने भएकाले यसलाई नियन्त्रण गर्ने प्रयास गर्नु राम्रो हुने छ । पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुने छ । तर मनमा उदासिनता र निराशाले घेर्ने भएकाले मन नियन्त्रणमा ध्यान दिनु होला । शेयर क्षेत्र सकारात्मक रहने छ ।

मिथुन 
पेशागत जीवनमा शुभता बृद्धि हुनेछ । बोलीको प्रभाव र व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुँदा कार्य सफलता प्राप्त हुने छ । दाम्पत्य जीवनमा सुमधुरता र शितलामा देखा पर्ने छ । धन सम्पत्ति नोक्सानीतर्फ जाने अवस्था देखिएकाले संयमित रहनु उपयुक्त हुने छ । शेयर क्षेत्र औसत खालको हुने छ । 

कर्कट
मनमा दुविधाका मात्राहरु धेरै आउने छ । पेशागत जीवनमा पनि संयमित रहनु पर्ने समय रहेको छ । व्यक्तित्वमा दुविधा देखा पर्न जाँदा कमजोर मनोबल हुने छ । झैझगडाका विषयहरु आउने भएकाले संयमित रहनु नै राम्रो हुने छ । पारीवारिक साथ र सहयोगले गर्दा परिस्थितिलाई व्यवस्थापन गर्न सहायता मिल्ने छ । शेयर क्षेत्र शुभ बन्ने छैन् । 

सिंह
प्रेममा सफलता मिल्ने छ । रोमाण्टिक खालके व्यक्तित्वले गर्दा विपरित लिङ्गीहरु आकर्षित हुने छन् । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । तर व्यक्तित्वमा केही ह्रास देखा पर्ने छ । बोलीको प्रभावका कारण आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवन औसत रहने छ । शेयर क्षेत्र सकारात्मक रहने छ ।

कन्या
पेशागत जीवनमा सकारात्मकता बृद्धि हुने छ । महत्वपूर्ण जिम्मेबारी निर्वाह गर्न पाइने छ । बोलीमा आउने प्रभावका कारण पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुन पुग्ने छ । ब्यवस्थापकीय खुवी तथा क्षमतामा बृद्धि हुने हुँदा प्राप्त जिम्मेबारीमा सफलता मिल्ने छ । शेयर बजार औसत रहने छ ।

तुला
आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा भने द्वन्दात्मक वातावरणको सामना गरी अघि बढ्नु पर्ने छ । बौद्धिक क्षेत्रमा प्रगति हुने छ, अरुले कदर गर्ने छन् । बोलीको प्रभावकारितामा गिरावट आउने भएकालेसंयमित रहनु नै उपयुक्त हुने देखिन्छ । शेयर बजार प्रतिकुल रहने छ । 

वृश्चिक
पेशागत क्षेत्रमा प्रगति हुने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । भाग्य बलियो रहेका कारण धन सम्पत्तिको क्षेत्रमा पनि उन्नति हुने छ । शितल खालको व्यक्तित्व बन्ने छ । परिवारमा सहज वातावरण हुने हुँदा शान्ति छाउने छ । व्यवस्थापकीय क्षमतामा कमि आउने हुँदा यस विषयमा ध्यान दिनु होला । शेयर क्षेत्र चुनौतिपुर्ण देखिन्छ । 

धनु 
कमजोर मनोबल भएको व्यक्तित्व बन्ने भएकाले अरुले हेप्ने छन् । प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने छ । पेशागत जीवनमा असन्तुलन देखिने भएकाले धैर्य भएर कदमहरु चाल्नु होला । जीवनसाथिको साथले निकै सहज बनाउने छ । शेयर क्षेत्र औसत प्रकारको हुने छ । 

मकर 
आम्दानीमा कमि आउने छ । साझेदारीमा गरिएका काममा पनि कठिनाईहरुको सामना गर्नु पर्ने छ । दाम्पत्य जीवनमा कटुता आउने छ । पेशागत जीवनमा जुध्नु पर्ने र आलोचनाको सामना गरि अघि बढ्नु पर्ने छ । मनोबल उच्च रहने भएकाले कठिनतामा पनि हडबडाउने स्वाभाव भने हुने छैन् । शेयर क्षेत्र कठिन रहने छ ।

कुम्भ 
आम्दानी बढाउन मनोबल प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्दको अवस्था आउने छ । पेशागत जीवनमा संयमित भई कदमहरु चाल्नु पर्ने समय रहेको छ । पेशागत जीवनमा प्रतिकुलताहरु देखा पर्न जाने भएकाले उच्च मनोबलसहित अघि बढ्नु पर्ने छ । शेयर क्षेत्र अनुकुल रहने छ । 

मीन
लद्युताभाषले सताउने छ । आफूलाई कमजोर र अरुलाई सवल मात्र देख्ने हुँदा आँटिलो स्वाभावका ठाउँमा कमजोर व्यक्तित्व बन्ने छ । आम्दानीमा भने केही बृद्धि हुने छ । पेशागत जीवन औसत खालको हुने छ । भाग्यहिनताको आभाषले गर्दा जोखिमपूर्ण कार्यमा निर्णय लिन कठिनाईको सामना गर्नु पर्ने छ । शेयर बजार औसत खालको रहने छ । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement