ज्योति लाईफद्वारा ४३  रुपियाँदेखि ७५  रुपियाँसम्म बोनस दर निर्धारण

Advertisement

काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्सले बोनस दर निर्धारण गरेको छ ।

कम्पनीको आव २०७६/२०७७ को आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन बारे कम्पनीको बिमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन बीमा समितिबाट २०७७ भदौ १२ गते स्वीकृत भई २०७६ असार मसान्त सम्ममा  जारी भएका मुनाफामा सारिक हुने बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ ४३  देखि ७५  रुपैयाँसम्म घोषणा गरिएको हो ।

Advertisement

सावधिक जीवन बीमालेखका  लागि ९ वर्ष सम्म अवधिको  ४३  रुपियाँँ, १०  देखि १४ वर्ष अवधिको  ४५ रुपियाँँ, १५ देखि १९ वर्ष  अवधिको लागि ५० रुपियाँँ, २० देखि २४  वर्ष अवधिको  ५५  रुपियाँँ र २५  वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपियाँँ, बोनश दर तोकेको छ भने सावधिक तथा आजीवन जीवन  बीमालेखका लागि ९ वर्ष सम्म अवधिको  ४३  रुपियाँँ, १०  देखि १४ वर्ष अवधिको  ४५ रुपियाँँ निर्धारण गरिएको छ । 

त्यसैगरी १५ देखि १९ वर्ष  अवधिको  ५० रुपियाँँ, २० देखि २४  वर्ष अवधिको  ५५  रुपियाँँ र २५  वा सोभन्दा माथि वर्ष अवधिको  बीमालेखमा  ७५ रुपियाँँ बोनस दर तोकेको छ । त्यस्तै अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३  रुपियाँँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५  रुपियाँँ, २० देखि २४  वर्ष अवधिको  बीमालेखका लागि ५०  रुपियाँँ बोनस दर तोकेको कम्पनीले जनाएको छ ।
 

Advertisement

Advertisement