बैैंक तथा वित्तीय संस्थामा आकर्षक मानिएको मोबाइल बैंकिङ कारोबार किन घट्यो ?

Advertisement

काठमाडौं । सबै वाणिज्य बैैंक, राष्ट्रिय स्तरका विकास बैंकसहित अधिकांश बैंक तथा वित्तीय संस्थाले प्रयोगमा ल्याएको मोबाइल बैंकिङमार्फत हुने कारोबार चालू आवको पहिलो महिनामै घटेको छ । ग्राहकले रुचाएको र डिजिटल कारोबारका लागि प्रयोगमा सहज भएको तथा ग्राहक मैत्री बनेको मोबाइल बैंकिङको कारोबार एक वर्षदेखि निरन्तर बढिरहेको भएपनि साउनमा भने घटेको छ । असारको तुलनामा साउनमा मोबाइल बैंकिङ कारोबार करिब एक अर्ब रुपियाँले घटेको छ । यस्तो कारोबार गत वर्ष साउनमा पनि असारको तुलनामा केही रकम घटेको देखिएको थियो।

मोबाइल बैंकिङमा साउनमा ७२ अर्ब ८७ करोड ३० लाख रुपियाँको कारोबार भएको छ । यस्तो कारोबार असारमा ७३ अर्ब ७२ करोड २९ लाख रुपियाँ रहेको पनि नेपाल राष्ट्र बैंकले जारी गरेको एक तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार मोबाइल बैंकिङको कारोबार घटेको भएपनि वालेट र क्यूआर कोडबाट हुने कारोबार भने बढेको छ । वालेटबाट हुने कारोबार एक महिनामै करिब एक अर्ब २० करोड रुपियाँले बढेको छ । असारमा वालेटबाट हुने कारोबार १२ अर्ब ७९ करोड थियो भने साउनमा १४ अर्ब ५ करोड पुगेको छ ।

Advertisement

हाल राष्ट्र बैंकबाट सञ्चालन अनुमति पाएका विभिन्न २८ वटा वालेटमध्ये भर्खरै सेवा सुरु गरेको नेपाल टेलिकको नमस्ते पेसहितका वालेट सञ्चालनमा छन् । वालेटबाट कारोबार हुने र अग्रणी वालेटको कारोबार बढी हुने र स्थापित हुँदै गएको वालेटले बजार बढाउँदै जाँदा वालेटको कारोबार पनि बढ्दै गएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकको भुक्तानी सेवा विभागका अनुसार वालेटमा सानो सानो कारोबार हुने गरेकोले मासिक एक अर्ब भन्दा बढीको कारोबार बढ्नुलाई पनि सकारात्मक रूपमै लिनुपर्ने उल्लेख गरेको छ ।

राष्ट्र बैैंकका अनुसार क्यूआर कोडबाट हुने कारोबार पनि तीन अर्ब ६५ करोड रुपियाँबाट ५ अर्ब ५ करोड रुपियाँ पुगेको छ । तथ्यांक अनुसार क्यूआर कोडबाट हुने कारोबार पनि मासिक एक अर्ब ४० करोड रुपियाँले बढेको छ । क्यूआर कोडबाट हुने यस्तो कारोबार मोबाइल बैंकिङबाट बढी प्रयोग हुन्छ भने वालेटबाट हुने कारोबार पनि यस्तो क्यूआर कोड स्क्यान गरेर भुक्तानी हुने गरेको छ। 

यस्तै कार्डको प्रयोग गरेर अनलाइन पेमेन्ट गरेर हुने ई–कमर्शको कारोबार पनि करिब एक अर्ब रुपियाँले बढेको छ । असार मसान्तसम्म दुई अर्ब ९६ करोड रुपियाँको कारोबार भएको ई–कमर्शमा साउनमा तीन अर्ब ८७ करोड रुपियाँ पुगेको पनि राष्ट्र बैंकले जानकारी दिएको छ ।

मोबाइल बैकिङ, वालेट, क्यूआर कोड र ई–कमर्शमा भएको विगत एक वर्षदेखिको कारोबार 

 

                           
  Total Amount (NPR in Million)
Mid-Month 2078
bhadu asoj kartik mangsir push magha phagun chait baishak jetha asar saun  
20340 28804 25654 30287 33153 38597 40359 48652 48887 53160 73729 72873  
Mobile Banking 7339 9883 8592 8987 9656 9948 10180 11021 10106 8353 12790 14052  
Wallet 648 969 939 1256 1245 1712 2055 2722 2529 1968 3651 5056  
QR-Based Payments 561 794 820 763 843 932 904 1058 768 161 296 387  
E-Commerce                          

Advertisement

Advertisement