गुणले जेटस्ट्रीमबाट उडान थाल्यो, विमानस्थलमा विद्युतीय बस चलाउने गुण पहिलो निजी वायुसेवा

Advertisement

काठमाडौ । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणबाट जेटस्ट्रीम जहाजको उडान सञ्चालन अनुमति (एओसि) प्राप्त गरेको छ। बेलायतमा निर्मित पाँच वटा जेटस्ट्रीम जहाज यति एयरलाइन्ससङ्ग खरीद गरेको  गुण एयरलाइन्सले एओसि प्राप्त गरेसङ्गै अब ३० सिटको जेटस्ट्रीम जहाजबाट आज शुक्रबारनै तुम्लिङटार भरतपुर  र पोखरामा पहिलोपटक आफ्नो नियमित उडान शुरु गरेको छ ।

आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती  पाँच वटा जेटस्ट्रीमसहित यो वायुसेवासग कुल सात वटा विमान भएका छन । यो वायुसेवाले उडान थाल्ने क्रममा बिच एअरक्राफ्ट १९०० द्वारा नियमित उडान भने असोज १ गते देखि नै  उडान शुरु गरिसकेको छ ।

Advertisement

गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार गुण एयरले सुरुवातमा काठमाडौबाट पोखरा, भरतपुर (चितवन) र तुम्लिङटारको उडान सुरु गरेको छ । यो वायुसेवाले यसैसाता देखिनै अन्य गन्तव्य  सिमरा, भैरहवा, जनकपुर , नेपालगन्ज, सुर्खेत र  विराटनगरको लागि उडान गर्ने तयारी गरिएको छ।

नेपालीहरुको महान चाड दशैलाइ लक्ष्यित गर्दै यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाई सेवा सुबिधा दिन यो वायुसेवा प्रतिबद्ध रहेको पनि थापाले बताए । कोभिड-१९ महामारीकोबीच आफूहरु नेपाली यात्रुका लागि सेवा दिन तयार रहेको र बर्तमान हवाई भाडादरको चर्को प्रतिस्पर्धामा गुणलेपनि गुणस्तरीय सेवा दिन त्यसै अनुसारको बजार रणनीति बनाएको उल्लेख्य छ ।

गुण एयरलाइन्सले आन्तरिक विमानस्थलमा यात्रुहरुको लागि वातानुकुलित दुइवटा विद्युतीय बसकोसमेत संचालन सुरु गरेको छ आन्तरिक विमानस्थलमा पहिलोपटक विद्युतीय बस संचालन गर्ने गुण एयरलाइन्स पहिलो नीजि वायुसेवा कम्पनीसमेत भएको छ।

Advertisement

Advertisement