सुनको मूल्य प्रतितोला २ सय रुपियाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले बढेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन बिहीबार प्रतितोला रु ९० हजार ४०० मा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार १५०मा कारोबार भएको छ  जुन बिहीबार प्रतितोला रु ८९ हजार ९५० मा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य स्थिर छ  । चाँदी बिहीबार प्रतितोला रु एक हजार १७० मा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भएको छ  । महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

Advertisement

Advertisement