सानिमा बैंकले लाभांश पारित गर्न डाक्यो एजीएम, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौँ । सानिमा बैंकको १७औँ वार्षिक साधारण सभा कात्तिक १४ गते हुने भएको छ ।

बैंक सञ्चालक समितिको बैठकले उक्त दिन आम्रपालि ब्याङ्केट बालुवाटारमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको कम्पनी सचिव रुद्रप्रसाद बञ्जाराले जनाएका छन् । 

Advertisement

उक्त साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरेको आव २०७७÷७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) पारित हुनेछ । बोनस शेयर पारित पारित भएपछि बैंकको चुक्ता पूँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार २ सय २६.३८ रुपियाँ हुनेछ । 

उक्त साधारण सभाले संस्थापक समूह क बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको चयन गर्नेछ । साथै कुनै बैंक वा वित्तीय संस्थालाई यस संस्थामा प्राप्ति वा मर्जर गर्न आवश्यक सहमति÷सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु प्राप्ति गर्ने गराउने सम्बन्धमा प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नु पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिने कम्पनी सचिव बञ्जाराले बताए । 

साधारण सभा प्रयोजनका लागि कात्तिक ७ गते १ दिन बैंकको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) गरिने निर्णय पनि भएको कम्पनी सचिव बञ्जाराले उल्लेख गरे ।   
   
 

Advertisement

Advertisement