नेपाल टेलिकमले साढे १२ अर्ब तिर्दा एनसेलले २७ अर्ब, कुन शीर्षकमा कस्ले कति तिर्यो ?

Advertisement

काठमाडौं । सरकारलाई विभिन्न शीर्षकमा कर तिर्नेमा देशका प्रमुख दुई ठूला दूरसञ्चार कम्पनीमा एनसेल अगाडि देखिएको छ । निजी क्षेत्रको एनसेलले आर्थिक बर्ष २०७७–७८ मा तिरेको कर सरकारी स्वामित्वको नेपाल टेलिकमको भन्दा झण्डै दोब्बर बढि देखिएको छ । 

उक्त आवमा एनसेलले २६ अर्ब ९८ करोड ७२ लाख २९ हजार २७ रुपियाँ कर तिरेको छ । यसमा एनसेलको पुँजीगत लाभकरवापतको बक्यौता भुक्तानीसमेत जोडिएको नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक बर्ष २०७७–७८ को प्रतिवेदनमा उल्लेख छ । 

Advertisement

एनसेल
दूरसञ्चार सेवा शुल्कः चार अर्ब ६९ करोड ६१  लाख १४ हजार १५ रूपियाँ, 
मूल्य अभिबृद्धि करः पाँच अर्ब ५१ करोड ४३ लाख ७२ हजार ५१७ रूपियाँ, 
रोयल्टीः दुई अर्ब २१ करोड १३ लाख ५७ हजार ३२३ रूपियाँ 
अन्य कर महशुलः करिब १२ अर्ब ९६ करोड ६२ लाख ५४ हजार १७२ रूपियाँ 
फ्रिक्वेन्सीः एक अर्ब ५९ करोड ९१ लाख ३१ हजार सय रूपियाँ

यसै आर्थिक बर्षमा नेपाल टेलिकमले १२ अर्ब ५८ करोड एक लाख ५० हजार ८२० रुपियाँ कर तिरेको छ । 

नेपाल टेलिकम
दूरसञ्चार सेवा शुल्कः तीन अर्ब ७४ करोड ४९ लाख ७० हजार ५९७ रूपियाँ, 
मूल्य अभिवृद्धि करः तीन अर्ब एक करोड ८० लाख १४ हजार ३८९ रूपियाँ
अन्य कर महशुलः चार अर्ब १० करोड रूपियाँ,
स्वामित्व करः ५९ लाख १३ हजार, 
फ्रिक्वेन्सीः एक अर्ब ७१ करोड ७१ लाख ६५ हजार ८३४ रूपियाँ

अर्को कम्पनी स्मार्ट टेलिकमले तिरेको करहरु भने प्रतिवेदनमा खुलाइएको छैन् । यस आवमा ग्रामिण दूरसञ्चार विकास कोषमा सबै प्रकार दूरसञ्चार सेवा प्रदायकहरुबाट एक अर्ब ७६ करोड ६८ लाख संकलन भएको प्राधिकरणले जनाएको छ । 

नेपाल टेलिकमको सेवा मुलुकभर विस्तार भए पनि सरकारी स्वामित्व भएकाले अधिक कर्मचारी बोझ र ठूलो प्रशासनिक खर्च, राजनीति हस्तक्षेप, कमिशन, प्रतिस्पर्धात्मक क्षमतामा हुँदै गएको ह्रास, सार्वजनिक खरीद ऐनको जटिलता जस्ता कुराले सेवा प्रवाहदेखि कर भुक्तानीमा पनि अधिकांश शीर्षकमा निजी कम्पनीले उछिनेको छ । 

एनसेलमा अप्राविधिक ३२७ तथा प्राविधिक २१३ गरी जम्मा पाँच सय ४० कर्मचारी छन् भने नेपाल टेलिकममा प्राविधिक कर्मचारी दुई हजार ५१० र अप्राविधिक एक हजार ४४८ जना गरी कूल तीन हजार ९५८ जना कर्मचारी कार्यरत छन् । यद्यपि टेलिकमले दुर्गममा पनि सेवा विस्तार गर्ने र पूर्वाधारमा लगानी बढाउने काम गरेको छ । हाल ४४ जिल्लामा आफ्नो सेवा दिइरहेको स्मार्ट टेलिकममा १०५ जना कर्मचारी कार्यरत छन् । 

Advertisement

Advertisement