नेप्सेको सीईओमा ११ जनाको आवेदन, को को छन दौडमा ?

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ११ जनाले आवेदन दिएका छन् । आवेदनका लागि आइतबारसम्मको समय दिइएकोमा ११ जनाले आवेदन बुझाएको अर्थ मन्त्रालयले जनाएको छ । 

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा नेपाल धितोपत्र बोर्ड र नेप्सेको अध्यक्ष तथा सीईओ छनौट समिति बनाएको छ । नेप्सेको सीईओ हुने इच्छुकमा सोही कार्यालयका कर्मचारीदेखि विभिन्न क्षेत्रका व्यक्तिहरु छन् । 

Advertisement

नेप्सेमा कार्यरत आवेदनमा कामु सीईओ निरञ्जन फुयाल र डिजिएम प्रविन पन्दक छन् । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका पूर्वसीईओ रमेश घिमिरे छन् । त्यसबाहेक केशव श्रेष्ठ, जीवन अमगाईं, डा. रमेश भण्डारी, बद्री प्याकुरेल, कृष्णबहादुर कार्की, गोविन्दप्रसाद दाहाल, दीपक गौतम र छविराज पन्त छन् ।  

छनौट समितिले मापदण्ड पुगेका आवेदकलाई सर्टलिष्टिङ गरी उनीहरुलाई अन्तरवार्ताका लागि बोलाउने छ । त्यसमध्ये तीन जनालाई सीईओ नियुक्तिका लागि मन्त्रिपरिषदमा पेश गरिने छ । मन्त्रिपरिषदले एक जनालाई नियुक्ति गर्नेछ । 

नेप्सेका निर्वतमान सीईओ चन्द्रसिंह साउदले राजीनामा दिएसँगै सो पद रिक्त छ । सर्वोत्तम सिमेन्टको शेयर अपचलन प्रकरणमा मुछिएपछि उनले राजीनामा दिएका थिए । 

Advertisement

Advertisement