युवा स्वरोजगार कोष बिचौलियाहरुको कमाई खाने भाँडो भयो: मन्त्री गहतराज

Advertisement

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले युवा लक्षित कार्यक्रमहरुलाई एकै ठाँउ केन्द्रित गर्नुपर्ने बताएका छन् । युवाहरुको नाममा वर्षेनी राज्यको करोडौं रकम खर्च हुने गरेको भए पनि उक्त रकम लक्षित वर्गसम्म पुग्न नसकेको तर्फ ईगिंत गर्दै मन्त्री गहतराजले युवा लक्षित गतिविधिहरुलाई एउटै संयन्त्रमा ल्याउनुपर्ने बताएका हुन् ।  

प्रधानमन्त्री स्वरोजगार कार्यंक्रम, गरिबी निवारण कोष र आफ्नो मन्त्रालयको मातहतमा रहेका युवा परिषद तथा युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई एकै ठाँउमा केन्द्रित गरेर लक्षित वर्गसम्म बृहत रुपमा पहुँच विस्तार हुने खालको वातावरण बनाउनुपर्ने उनले बताए । 

Advertisement

कूल जनसँख्याको ४० प्रतिशत युवाहरुको मनोभाव बोकेको मन्त्रालयको जिम्मेवारी आफुले सम्हालेको बताउँदैसबै कार्यक्रमहरुलाई मन्त्रालयकै मातहतमा ल्याएर नयाँ ढंगले अगाडी बढ्नुपर्ने धारणा राख्दै आएका छन् ।

मन्त्रालय मार्फत युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन सहुलियतमा ऋण तथा अनुदान प्रवाह गर्ने भनिएता पनि नितिगत रुपमै समस्या देखिएकाले त्यसको कार्यान्वयन पक्ष फितलो रहेको मन्त्री गहतराजको बुझाई छ । सरकारले युवाहरुलाई सहज रुपमा ऋण प्रवाह गर्ने उद्धेश्यले स्थापना गरेको युवा स्वरोजगार कोष बिचौलीयाहरुको कमाई खाने भाँडोका रुपमा परिणत हुँदै गएको भन्दै उनले बताए ।  

मन्त्रालयका औपचारीक तथा आन्तरिक बैठकहरुमा समेत मन्त्री गहतराजले युवाहरुलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने सपना देखाउने खालका योजनाहरु तर्जुमा गर्न सचिव तथा कर्मचारीहरुलाई निर्देशन दिदैं आएका छन् । विदेशी भूमीमा गएर श्रम बेच्न बाध्य युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउनकालागि आवश्यक रणनीति तय गर्न बृहत्त युवा सम्मेलनको आवश्यकता महशुस गरेको बताउँदै प्राकृतिक स्रोत साधन र युवाहरुको श्रमलाई सहि ढंगले सदुपयोग गर्न सकेमा समृद्धीको नयाँ ढोका खोल्न सकिने विश्वास समेत ब्यक्त गर्दै आएका छन् ।

Advertisement

Advertisement