राष्ट्र बैंकका गभर्नरको भन्दा डेपुटी गभर्नरहरुको आम्दानी धेरै, कसको कति ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरले भन्दा डेपुटी गभर्नरद्वयले तलब सुविधा बढि लिने गरेको भेटिएको । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन अनुसार मासिक तलव गभर्नरको बढी हुने भए पनि भत्ता र अन्य सुविधाका कारण डेपुटी गभर्नरद्वयको आम्दानी धेरै हुने गरेको भेटिएको हो । 

गभर्नर महाप्रसाद अधिकारीले गएको आर्थिक वर्षमा ३२ लाख ६२ हजार रुपियाँँ तलब भत्ता सुविधा बुझेका छन् । गभर्नरको अधिकारीले मासिक एक लाखभन्दा बढी तलब बुझ्ने गरेको विवरणबाट देखिन्छ । 

Advertisement

उनले एक वर्षमा बुझेको तलब मात्रै १३ लाख ९४ हजार रुपियाँ छ भने मिटिङ भत्ता दुई लाख २५ हजार रुपियाँ र अरु भत्ता तथा सुविधावापत १६ लाख ४३ हजार रुपियाँ लिएका छन् ।

अधिकारीको तुलनामा डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना र बमबहादुर मिश्रको वार्षिक तलब भत्तासहितको सुविधा धेरै छ । ढुंगानाले गत आवको एक बर्षमा ३६ लाख ५८ हजार रुपियाँ  तलब सुविधा बुझेकी छिन । उनको कुल तलब गभर्नर अधिकारीको भन्दा एक लाख ७९ हजारले कम छ ।

ढुंगानाले पाएको बैठक भत्ता पनि वार्षिक ८० हजार मात्रै छ । तर, उनले पाउने अन्य भत्ता तथा सुविधा भने २३ लाख ६३ हजार रुपियाँ छ । यस्तो सुविधा गभर्नर अधिकारीको भन्दा सात लाख २० हजार रुपियाँले बढी हो । 

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले लिएको एकमुष्ट तलब सुविधा पनि गभर्नर अधिकारीको भन्दा बढी छ । उनले गत वर्ष ३४ लाख ७९ हजार रुपियाँ बुझेका छन। मिश्रले बार्षिक तलब ११ लाख ३७ हजार रुपियाँ तलव, ८० हजार बैठक भत्ता र २२ लाख ६२ हजार अन्य भत्ता तथा सुविधा लिएको देखिन्छ । 

Advertisement

Advertisement