शेयर बजारको सुधार एक दिन पनि टिकेन, नेप्से ३७.१८ अंकले घट्दा सवा तीन अर्ब पनि पुगेन कारोबार

Advertisement

काठमाडौँ । शेयर बजार मंगलबार पुनः उच्च अंकले ओरालो झरेको छ । लामो समयपछि हिजो ३२.२२ अंकले बढेको बजार आज फेरि ३७.१८ अंकले घटेको हो । आज १.४६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५०८.९० अंकमा झरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २३१ कम्पनीका ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १२ करोड ८३ लाख ४१ ह्जार ७ सय रुपियाँ बराबरको कारोबार भएको हो । 

Advertisement

बजार घटेको दिन आज ट्रेडिङ २१.५३ र म्युचुअल फण्ड ०.१२ अंकले बढेको छ भने बाँकी समूह राताम्मे भएका छन् । आज सबैभन्दा बढी निर्जीवन बीमा १६०.९८ अंकले घटेको हो ।

सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताले सबैभन्दा बढी ४.६५ प्रतिशतले नाफा कमाएका छन् भने आईसीएफसी फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ७.६५ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज प्राइम कमर्सियल बैंकको उच्च कारोबार भएको छ । प्राइमको १२ करोड ३६ लाख ४७ हजार ८.८० रुपियाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो दिन आइतबार ७२.३२ अंकले बजार घट्दा ४ अर्ब ९ करोड ७ लाख ६५ हजार २ सय २५ रुपियाँ र हिजो सोमबार ३२.२२ अंकले बजार बढ्दा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २ सय ७१ रुपियाँ बराबरको कारोबार भएको थियो । 

गत भदौ महिनाको ३ गते बिहीबार हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यसपछिका दिनमा उतारचढाव आइरहेको छ र पछिल्ला दिनहरुमा निरन्तर घटिरहेको छ । साउन ३१ गते हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार भएकोमा उक्त रकम पनि घट्दै आएको छ ।  
 

Advertisement

Advertisement