मितेरी डेभलपमेन्ट बैंकले सार्वजनिक गर्यो १४ प्रतिशत लाभांश

Advertisement

काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको बुधबार बसेको बैठकले आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगल लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तीले जनाएका छन् । 

Advertisement

बैंकको हाल कायम चुक्ता पूँजी ७९ करोड ७६ लाख ७६ हजार ९ सय ३७.५० रुपियाँ छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् । 
 

Advertisement

Advertisement