वाणिज्य बैंकहरुमा निक्षेप र कर्जा दुबै बढ्यो, यस्तो छ पुस लागेपछिको अवस्था

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुको कूल निक्षेप पछिल्लो सात दिनमा १४ अर्ब रुपियाँले बढेको छ । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार पुस ९ गतेसम्म ४२ खर्ब ३५ अर्ब रहेको कूल निक्षेप १४ अर्बले बढेर ४२ खर्ब ४९ अर्ब पुगेको छ । 

पुस २ गतेसम्म ४२ खर्ब ३९ अर्ब रहेको कूल निक्षेप पुस ९ गतेसम्म भने ४ अर्बले घटेर ४२ खर्ब ३५ अर्बमा झरेको थियो । मंसिर २९ गतेसम्म भने कूल निक्षेप ४२ खर्ब ३७ अर्ब थियो । 

Advertisement

त्यसैगरी कर्जा लगानी ११ अर्बले बढेको छ । पुस ९ गतेसम्म ४० खर्ब ८८ अर्ब रहेको कर्जा पुस १६ गतेसम्म आइपुग्दा बढेर ४० खर्ब ९९ अर्ब पुगेको हो ।  पुस २ गतेसम्म ४० खर्ब ८५ अर्ब रहेको कर्जा लगानी पुस ९ गतेसम्म आईपुग्दा बढेर ४० खर्ब ८८ अर्ब पुगेको हो । 

मंसिर २९ गतेसम्म भने वाणिज्य बैंकहरुको कर्जा लगानी ४० खर्ब ८४ अर्ब रुपियाँ थियो ।  एनबीए तथ्याङ अनुसार पुस महिना शुरु भएपछि कूल निक्षेप १२ अर्बले बढ्दा कूल कर्जा लगानी १५ अर्बले बढेको देखिन्छ ।   

Advertisement

Advertisement