कोरोना संक्रमण बढ्दै गएपछि क्यान इन्फोटेक स्थगित

Advertisement

काठमाडौँ । माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने तय भएको क्यान इन्फोटेकको २७औं संस्करण हाललाई स्थगित भएको छ । 

क्यान महासंघका महासचिव नारायण थापाले आज विज्ञप्ति प्रकाशित गरी कोभिड–१९ को तेश्रो लहर काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएकाले  अर्को निर्णय नभएसम्मको लागि क्यान इन्फोटेक स्थगित गरिएको उल्लेख गरेका छन् । 

Advertisement

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले सन १९९५ देखि बर्षेनी आयोजना हुँदै आएको क्यान इन्फोटेकको २७औं संस्करण हाललाई स्थगित भएको हो ।  

२७औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी) का साथै सूचना तथा संचार प्रविधि सम्बन्धि अन्य कम्पनी तथा संस्थाहरुको सहभागिता रहने गरी तयारी पूरा भएको थियो । 

Advertisement

Advertisement