सिटी एक्सप्रेसले जापानिज ल्याङ्वेज स्कुलसँगको सहकार्यमा गर्यो स्टुडेण्टस् मिट

Advertisement

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले चैत्र २२ गते जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (जलसान)सँगको सहकार्यमा ‘स्टुडेण्टस् मिट २०२२’  कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त कार्यक्रममा जनसानसँग आवद्य ४० भन्दा बढी एजुकेशनल कन्सल्टेन्सीहरु  मार्फत जापान जान लागेका २०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । 

Advertisement

सोही कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा जापान जान लागेका विद्यार्थीहरुलाई जापानी संस्कृतीको बारेमा जानकारी दिनुको साथसाथै जापान पुगे पश्चात आफुले मिहेनत गरेर कमाएको पैसा बैंकिङ च्यानल मार्फत मात्र पठाउन हुन उत्प्रेरित गरे ।

यसको साथसाथै उक्त कार्यक्रममा हाल जापान बसेर सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान कम्पनी लिमिटेडमा दर्ता भएका १० भाग्यशाली विजेताहरुलाई ‘सिटी आयो पुरस्कार ल्यायो’ योजना अन्तरगत जनही रु १०,००० (रु दश हजार) पुरस्कार विधुतीय लक्की ड्र सिस्टम मार्फत बिजेता घोषणा पनि गरिएको थियो । सिटी एक्सप्रेसले जलसानसँगको सहकार्यमा जापानमा अध्ययनरत विधार्थीहरुको लागी हरेक वर्ष पुरस्कार प्रदान गर्ने योजना समेत बनाएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 
 

Advertisement

Advertisement