बीबीसी मास्टर सेफहरुको नेपाल भ्रमण मौलिक खाना र गन्तव्य प्रवर्द्र्धनमा सहयोगीः पाटा

Advertisement

काठमाडौँ। सन्तोष साहसहित बीबीसी मास्टर सेफहरुको टोलीले नेपालको मौलिक खाना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरेका छन् । 

प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछि नेपाली पर्यटन क्षेत्रको पुनरुत्थान अभियानअन्तर्गत “बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाईनालिस्टहरुलाई नेपालको मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल बोलाएको थियो । 

Advertisement

‘मास्टर सेफ फाइनालिस्ट टुर टू नेपाल’ नामक यस कार्यक्रममा सेलीब्रेटी सेफहरुले नेपालको राष्ट्रिय झण्डा अंकित सेफकोट पहिरनमा नेपालका विभिन्न गन्तव्यहरुमा मौलिक खानाको अवलोकन, अन्वेषण एवम् प्रवर्द्धन गरेको पाटा नेपालले जनाएको छ । 

मास्टर सेफहरुको नेपाल भ्रमण तथा गतिविधिहरुबाट विश्व स्रोत बजारमा नेपालको मौलिक खाना र संस्कृति समेत गन्तव्यको अभिन्न आकर्षण रहेको, महामारी पश्चात नेपाली पर्यटन क्षेत्र पुुर्ण रुपमा खुला रहेको र जीवन्त अनुभवका लागि नेपाल एक गन्तव्य रहेको सकारात्मक सन्देश प्रवाह हुुनुुका साथै मास्टरसेफहरुको सामाजिक सञ्जाल तथा नेटवर्कमा आवद्ध समुुदायमाझ नेपाल  गन्तव्यको प्रवर्द्धनमा समेत महत्वपूर्ण टेवा पुगेको पाटाको दावी छ । 

मास्टर सेफ साहको साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली नेपालमा १० दिनसम्म विभिन्न स्थानहरुमा पर्यटन प्रवर्द्धनात्मक गतिविधिमा सहभागी भएका थिए । उनीहरुलाई नेपाल पर्यटन बोर्डले पनि सम्मान गरेको थियो । 

Advertisement

Advertisement