हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता

Advertisement

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीले आज मर्जर सम्झौता सम्झौता गरेका छन् । उक्त सम्झौता भएसँगै अब यी दुई कम्पनीहरु मर्जरमा जाने पक्का भएको हो ।

पछिल्लो समय बीमा समितिले चुक्ता पुँजी वृद्धि गरेसँगै बीमा कम्पनीहरुलाई मर्जरमा जानु पर्ने बाध्यता बढ्दो छ । अन्य बीमा कम्पनीहरुको साधारण सभाले पनि मर्जरमा जाने प्रस्तावलाई पास गरे पनि यो सम्झौता नै पहिलो सम्झौता हो ।

Advertisement

केही महिना अघि सगरमाथा इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सले पनि मर्जरकालागि तयार गरेको खबरहरु बाहिरीएका थिए । बीमा समितिले पनि दुई वटा नभई तीन वटासम्म बीमा कम्पनीहरु मर्जरमा जान चाहे पनि आफूहरुले कुनै रोकावट नगर्ने जानकारी दिँदै आएको छ । 

Advertisement

Advertisement