‘म्याचुरिटि’ नभएकाले पुँजी बजार माथि जान नसकेको होः डेपुटी गभर्नर मिश्र

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पुँजी बजार देशको अर्थतन्त्रको ऐन बन्न सक्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको पुँजी बजार सम्मेलनमा उनले पुँजी बजार अर्थतन्त्रको ऐन बन्न सक्नुपर्ने बताए ।

मिश्रले शेयर बजार पछिल्लो समय उचारचढाव आएकाले बजारमा सबै क्षेत्रको अपरिपक्व पुँजी लगानीको आवश्यकता रहेको बताए । उनले बजारमा ’टेक्नोलोजिकल म्याचुरिटी, पोलिसि मचुरिटि, ट्रान्जेक्सनवाइज मचुरिटि, इथिकल म्याचुरिटि’ आउनुपर्ने बताउँदै पोलिसि म्याचुरिटिमा राष्ट्र बैंकको पनि भूमिका हुने बताए । उनको संकेत नेपालको पुँजी बजार परिपक्व भइनसकेको भन्ने थियो । 

Advertisement

बजार परिपक्व नभए पुँजी बजार माथि जान नसक्ने मिश्रको भनाई छ । उनले पछिल्लो समय ४२ खर्बको पुँजीकरणबाट ३३ खर्बको पुँजीकरणमा झर्नु राम्रो नभएको बताए । मिश्रले भने, ‘नेपालमा पुँजीबजारसम्बन्धी जानकारी सबै जनताले जान्न जरुरी छ । ५१ लाखले मात्रै होइन । सक्रिय रुपमा शेयर कारोबार गर्ने लगानीकर्ताको सख्या वृद्धि गर्नु पर्छ । नेप्से प्रविधिमैत्री हुनुपर्छ । हामीले कति मात्रामा लुज गरिरहेका छौं । ४२ खर्बको पुँजीबजारबाट ३३ खर्बमा आयो । ३३ खर्बबाट ३८ खर्बमा पुग्यो । नेप्सेमा क्षेत्रगत रुपमा सन्तुलन छैन् । कुनै क्षेत्रमा ठूलो लगानी छ । त्यसमा धेरै कारोबार हुन्छ । एउटा इन्डेक्स बढ्दा नेप्से माथि जानसक्छ । अर्को ५० वटा कारोबार गर्दा पनि माथि जान सक्दैन् ।’ 

Advertisement

Advertisement