जीडीपीमा कृषिको योगदान १५ प्रतिशतमा झरे मुलुकमा ठूलो आर्थिक दुर्घटना हुन्छः अधिकारी

Advertisement

काठमाडौं । अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषिको योगदान १५ प्रतिशतमा आए मुलुकमा ठूलो आर्थिक दुर्घटना हुने दाबी गरेका छन् । 

बजेटसम्वन्धी शनिबार आयोजित एक छलफल कार्यक्रममा उनले यस्तो अवस्था आउन नदिनको लागि सरकारले आगामी वर्षको बजेटमा कृषि र रोजगारीलाई प्रमुख प्राथकिता राखेर बजेट ल्याउनुपर्ने बताए । अधिकारीले सरकारले प्रतिस्थापन विद्येयकमार्फत् ल्याएको बजेट कार्यान्वयनमा समस्या देखिएकाले अर्थतन्त्रमा समस्या देखिएको बताए । 

Advertisement

सरकारले जुन लक्ष्यका साथ प्रतिस्थापन बजेट ल्याएको थियो, त्यो लक्ष्य पूरा गर्न नसकेको बताउँदै सरकारले मुलुकको अर्थतन्त्र सही दिशामा रहेको भने पनि अर्थतन्त्रका सूचकहरु हेर्दा संकटउन्मुख नै रहेको बताए । 

अर्थतन्त्रमा देखिएको संरचनागत समस्या समाधानको लागि राजनीतिक नेतृत्व तयार हुनुपर्ने अधिकारीको भनाई छ । उनले भने, ‘प्रतिस्थापन विद्येक कसरी कार्यान्वयन गर्ने ? भन्नेमा नै समस्या आएको हो । बजेट आयो ।  तर कसरी कार्यान्वयन गर्ने भनेर सही बाटो समाउन नसक्दा त्यो विद्येकले पनि आफ्नो लक्ष्य हासिल गर्न सकेन ।’ 

अधिकारीले थपे, ‘अर्थमन्त्रीका सल्लाहकारले अर्थतन्त्र राम्रो छ आर्थिक गतिविधि र आर्थिक वृद्धि प्रक्षेपणभन्दा बढी हुन्छ भन्नुभयो । तर भन्ने भन्दा पनि नतिजामा देखिएनन् । सुचकहरुले प्रमाणित गर्छन कि गर्दैनन् ? अर्थतन्त्रको संरचनागत परिर्वतन गर्नको लागि सबैभन्दा पहिला राजनीतिक नेतृत्व तयार हुनुपर्छ । बजेट कार्यान्वयनमा विगतमा जुन समस्या थिए अहिले पनि ती समस्या यथावत छन ।’ 

उनले सबै सुचकहरु नकारात्मक रहेको, राजश्व संरचनाको दृष्टिकोण, प्रत्यक्ष आयकरको योगदान पूरानै रहेको, रोजगारी बढाउन नसकिएको, प्रतिवद्धता भएको वैदेशिक लगानी ३० प्रतिशत भन्दा बढी ल्याउन नसकिएको, वैदेशिक लगानी नआएको भन्दै अर्थतन्त्र संकटउन्मुख छैन भन नमिल्ने बताए । 

Advertisement

Advertisement