हिमाल आरोहणका लागि ९६८ जनाले लिए अनुमति, ४८ करोड राजश्व संकलन

Advertisement

काठमाडौं । यस वसन्त यामका लागि ७४ देशका ९६८ जना हिमाल आरोहीले नेपालका हिमालहरु आरोहणका लागि अनुमति लिएका छन् । हालसम्म २७ वटा हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । अनुमति लिएका आरोहीहरुबाट सरकारले ४८ करोड १ लाख १९ हजार ५०१ रुपियाँ रोयल्टी संकलन गरेको विभागले जनाएको छ ।

पर्यटन विभागको तथ्यांकअनुसार युद्धरत रुसका २९ र युक्रेनका १ जना आरोही पनि छन् । हिमाल आरोहणका लागि अनुमति लिनेमध्ये २१० जना महिला र ७५८ जना पुरुष छन् । 

Advertisement

मे १८ सम्मको विवरणअनुसार यस वर्ष सबैभन्दा बढी विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । सगरमाथा आरोहणको लागि हालसम्म ५९ देशका ३१९ जना हिमाल आरोहीले अनुमति लिएको विभागले जानकारी दिएको छ । त्यस्तै, सगरमाथा आरोहणको लागि हालसम्म सबै भन्द अमेरिकी आरोहीले अनुमति लिएका हुन् ।

अमेरिकाबाट ६५, बेलायतबाट ३४, भारतबाट २४, क्यानडाबाट १७, नेपालबाट २१, फ्रान्सबाट १३, अष्ट्रेलियाबाट ११, इराकबाट १, जापानबाट ७, आयरल्याण्डबाट ६, नेदरल्याण्ड्सबाट २, नर्वेबाट २, रोमानियाबाट १ जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन् ।

त्यस्तै, अर्जेन्टिना २, अष्ट्रिया ११, बेल्जियम १, ब्राजिल ५, बुल्गेरिया १, चीन १४, क्रोएसिया १, चेक रिपब्लिक १, डेनमार्क १, इक्वेडर २, इजिप्ट १, एल साल्भाडोर १, फिनल्याण्ड ३, जर्मनी ६, होण्डुरस १, इजरायल ३, इटाली २, केन्या १, लिथुवानिया १, मलेसिया ३, मेक्सिको ४, मंगोलिया २, न्युजल्याण्ड २, न्युजल्याण्ड १, ओमान १, पोल्याण्ड १, पोर्चुगल २, कतार १, साउदी अरब १, सिंगापुर १, दक्षिण अफ्रिका २, स्वाजील्याण्ड २, स्वीडेन २, उरुग्वे १, भेनेजुएला १ र भियतनाम २ जनाले सगरमाथा हिमाल आरोहणको लागि अनुमति लिएको विभागले जनाएको छ । 
 
सगरमाथापछि वसन्त ऋतुमा ल्होत्से (८,५१६मि) हिमाल आरोहणका लागि बढी आरोहीले अनुमति लिएका छन् । ल्होत्से हिमाल आरोहणका लागि एक सय ३४ जना आरोहीले अनुमति लिएका छन् । 

अमादब्लमका लागि ९७, अन्नपूर्ण १ का लागि २६, अन्नपूर्ण ४ का लागि ९, बरुन्त्से हिमालका लागि २०, भेम्डिङ–रि हिमालका लागि ८, धौलागिरिका लागि २७, गंगापूर्ण हिमालका लागि २, हिमलुङ हिमाल आरोहणका लागि ३५, कञ्चनजङ्घाका लागि ६९, खाङचुङ पिकका लागि २, ल्होत्सेका लागि १३४, मकालुका लागि ४४, मनास्लुका लागि ९, मुकोट हिमालका लागि ४, र्नोबु खाङ हिमालका लागि ५, नुप्च्से हिमालका लागि ७२, पु–खाङ हिमालका लागि ५, पोखार–खाङ हिमालका लागि ९, सगरमाथाका लागि ३१९, थापा पिकका लागि १२ र उर्खमान हिमालका लागि २ जनाले अनुमति लिएका छन् ।

कामिरिता, लाक्पा र राजुले बनाए किर्तिमान
यसैबीच विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पासहित ११ जनाको टोलीले मे ७ तारिखका दिन साँझ सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर बाटो निर्माणपछि यस वसन्त सिजनको सगरमाथा आरोहण सुरु भएको थियो । कामिरिताले आफ्नो यसअघिको रेकर्ड तोड्दै २६ औँ पटक सगरमाथा आरोही गरी कीर्तिमान कायम गरेका छन् । 

यही सिजनमा लाक्पा शेर्पाले १०औँ पटक सगरमाथाको चुचुरोमा पुगी पहिलो महिलाको कीर्तिमानी बनाएकी छन् । गायक राजु लामासहित २७ जनाको टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । गायक लामाले सगरमाथाको आरोहण गर्नु अघि सगरमाथाको ६,५७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेर विश्व कीर्तिमान बनाएका थिए ।

Advertisement

Advertisement