शेयर कर्जामा ४/१२ को सीमा हटाइदिन लगानीकर्ताद्वारा गभर्नरसँग माग

Advertisement

काठमाडौँ । शेयर लगानीकर्ताहरुले ४/१२ करोडसम्मको शेयर कर्जाको सीमाले शेयर बजारलाई निरुत्साहित गरेको निश्कर्षसहित राष्ट्र बैंकका गभर्नरसमक्ष चार बुँदे माग गरेका छन् । 

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल र शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले आज गर्भनर महाप्रसाद अधिकारीले मागपत्र पेश गर्दै उक्त प्रावधान फिर्ता लिन अनुरोध गरेका हुन् । 

Advertisement

आव २०७९/८० को साउन १ गतेदेखि शेयर कर्जामा लगाउने भनिएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशतनै कायम गर्न अनुरोध गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको मर्जर एक्वीजिशनले शेयर कारोबार रोकिंदा आम लगानीकर्ता प्रभावित भएको गभर्नर अधिकारीलाई सुझाइएको छ । 

देशमा विद्यमान तरलता समस्याले अर्थतन्त्रमा नकारात्मक अवस्था सिर्जना भएकोले राष्ट्र बैंक जस्तो संस्थाले तत्काल समाधान गर्ने व्यवस्था गर्न शेयर लगानीकर्ताले माग गरेका छन् ।

  
 
 
 

Advertisement

Advertisement