एनआईबीएल एस क्यापिटलले बिर्तामोडमा गर्यो लगानीकर्ता सचेतनामूलक कार्यक्रम

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा आज प्रदेश १ को बिर्तामोडमा अन्तरक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम संचालन
भएको छ । 

उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा प्रष्ट पारेका थिए ।  

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि विभिन्न प्रदेशमा अन्तरक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ । 

उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तै कार्यक्रम संचालन गरिने समेत क्यापिटलले जनाएको छ ।