लक्ष्मी लघुवित्तद्वारा ग्राहक सदस्यहरुका लागि खेलौना बनाउने तालिम

Advertisement

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित यस लक्ष्मी लघुवित्त वित्तीय संस्थाले काठमाण्डौं जिल्लाको मुख्य शाखामा आवद्ध ग्राहकहरुलाई खेलौना बनाउने तालिम प्रदान गरेको छ ।

उक्त तालिम जेठ २८ र २९ गते गरी २ दिनसम्म सञ्चालन भएको थियो । तालिममा व्यवसाय उन्मुख २५ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको थियो । 

Advertisement

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका नायव महाप्रबन्धक सुन्दरप्रसाद श्रेष्ठले तालिमलाई तालिममा मात्र सीमित नराखी आफ्नो सीप र क्षमतालाई व्यवहारमा उतार्दै सफल उद्यमी बनी अन्य सदस्यहरुलाई पनि उद्यमशिलता प्रति प्ररेणाको स्रोत बन्नुपर्ने बताए ।


लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ, ई-सेवा, कनेक्ट आईपिएस र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधासंगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले विभिन्न किसिमका क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै सीईओ प्रकाशराज शर्माले बताए । 
 

Advertisement

Advertisement