नबिल बैंकद्वारा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक

Advertisement

काठमाडौं । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । 

नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोष (यूएनसीडीएफ)को सहकार्यमा आधारित “क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो । विशेष गरी कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवाहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको छ । 

Advertisement

युवा भन्नाले यस परियोजनामा संयुक्त राष्ट्र संघको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेर भएको उद्दमी जसको आपनो स्वामित्वमा व्यवसाय छ वा जसले प्रत्यक्ष रुपमा व्यवसाय संचालन गरिरहेका छन्, उनीहरुलाई बुझ्नुपर्ने बैंकले स्पष्ट पारेको छ । यसअधि नयाँ वर्षको अवसरमा पनि नबिल बैंकले यस्तै क्यासब्याक योजना सार्वजनिक गरेको थियो ।

एक महिनाको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने पहिलो क्यूआर कारोबारमा १० प्रतिशत वा अधिकतम प्रति कारोबार दुई सय रुपियाँ नगद फिर्ता दिइनेछ । यो योजना असार महिनाभरि लागू हुने बैंकले जनाएको छ ।

वित्तीय पहूँच नपुगेका महिला र युवा उद्दमीमा लक्षित यस योजनामार्फत त्यस्ता उद्दमीहरुलाई बैकिङ च्यानलमा भित्राउने, पूराना निष्क्रिय मर्चेन्टलाई सक्रिय बनाउने र उनीहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरि दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको बैंकको भनाई छ ।

सन् १९८४ मा स्थापित नविल बैंकले हाल १५० शाखा, १८७ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरुमार्फत सेवा प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement