कुमारी बैंकका ग्राहकलाई महाराजा रिसोर्टमा १० प्रतिशत छुट

Advertisement

काठमाडौँ । कुमारी बैंक र कालिकानगर, बुटवल स्थित महाराजा रिसोर्ट प्रालिबीच ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नविनमुनि बज्राचार्य तथा महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गरेका छन् ।

डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त बैंकले यस सहकार्य मार्फत महाराजा रिसोर्टका विभिन्न सेवाहरुमा आकर्षक छुटको व्यवस्था गरेको हो । 

Advertisement

सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो रिसोर्टबाट सेवा लिए वापत कुनै पनि भुक्तानी डेबिट÷क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ र फुडिङ शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधाहरु दिँदै आएकोे छ । 
 

Advertisement

Advertisement