मनास्लु र आमा दब्लम हिमाल आरोहण गर्दै चिकित्सक प्रिती भुषाल

Advertisement

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला नेपाली चिकित्सक प्रिती भुषालले मनास्लु र आमा दब्लम हिमाल आरोहण गर्ने घोषणा गरेकी छन् ।

गत बैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी डा.भुषालले आगामी अक्टोबर, नोभेम्बर महिनामा मनास्लु र आमा दब्लम हिमाल चढ्ने बताइकी हुन् । 

Advertisement

यसैक्रममा चिकित्सक प्रितीले  चिकित्सक पेशा र हिमाल आरोहणलाई सँगसँगै लिएर जाने बताइन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भुषालले हाई अल्टिच्युड मेडिसिन फिजिसियन (उच्च उचाई चिकित्सक) स्पोर्टस मेडिसिन बन्ने आफ्नो इच्छा जाहेर गरेकी हुन् । आगामी २०२२ अक्टोबर, नोभेम्बरमा मनास्लु र आमा दब्लम हिमाल चढ्ने योजना बनाएको उनले भनिन् ।

साथै उनले स्वदेशी तथा विदेशी पर्वतारोहीको सहयोगको लागि बाँसबारीमा हिमालयन सेपर्ड इको टुरिजम प्राइभेट लिमिटेडमार्फत काम गर्ने योजना बनाएको बताईन् । पत्रकार सम्मेलन गर्दै उनले ‘स्टप पोलुटिङ हिमालयज’ लेखिएको ब्यानरसमेत सार्वजनिक गरेकी हुन् । उनले आफ्नो सगरमाथा आरोहणबारे अनुभव सुनाउँदै ८ हजार मिटर भन्दा अग्ला हिमाल चढ्ने हो भने शेर्पा दाजुभाइ दिदी÷बहिनीहरुको सहयोग र राम्रो एक्सपिडिसन टिम बिना असम्भव रहेको बताइन् । 

Advertisement

Advertisement