नयाँ राजदूतहरु भन्छन्– हामी पूरानो होइन्, नविन ढंगले काम गछौं

Advertisement

काठमाडौं । विभिन्न देशका लागि नियुक्त भएका नयाँ राजदूतहरुले नविन ढंगले आफूहरुले काम गर्ने बताएका छन । नेपाल उद्योग बाणिज्य महासंघले आइतबार आयोजना गरेको कार्यक्रममा उनीहरुले आफू कार्यरत देशहरूबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारका लागि परिणामदायी काम गर्ने पनि बताए ।

मलेसिया, संयुक्त अरव इमिरेटस, फ्रान्स, कुवेत, क्यानाडा, यूएन, थाइल्याण्डका लागि नियुक्त भई ती देशहरूमा आफ्नो जिम्मेवारी सम्हाल्न लागेका उनीहरुको स्वागतका लागि महासंघले आज कार्यक्रम राखेको थियो । कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले आर्थिक व्यवसायिक विकासमा निजी क्षेत्रले स्वदेशमा रहेर गरिरहेको प्रयासमा आफू कार्यरत देशहरूमा रहेर राजदूतहरूले सहयोग गर्न आग्रह गरिन् ।

विशेषगरी आफू कार्यरत मुलुकहरूमा नेपालमा लगानीको वातावरण, निजी क्षेत्रसँगको आपसी सम्बन्ध विस्तार, लगानीका क्षेत्रहरू, अर्थतन्त्रसँग सम्बन्धित विद्यमान नीति तथा कानून, नेपालको कला सँस्कृति लगायतका विषयमा पर्याप्त प्रचार प्रसार गरी नेपालप्रति त्यहाँका जनता तथा लगानीकर्ताहरूलाई आकर्षित गर्ने वातावरण बनाईदिन समेत राणाले राजदूतहरूसँग आग्रह गरिन् । उनले बिप्पा÷डीटीएमा समेत संयुक्तरूपमा कार्य गर्नुपर्ने बताएइन ।

कार्यक्रममा नवनियुक्त राजदूतहरू मलेशियाका लागि उदयराज पाण्डे, संयुक्त अरव इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल, फ्रान्सका लागि दिपक अधिकारी, कुवेतका लागि दूर्गाप्रसाद भण्डारी, क्यानाडाका लागि भृगु ढुंगाना, जेनेभाका लागि मणीप्रसाद भट्टराई, थाइल्याण्डका लागि गणेशप्रसाद ढकाल र यूएनका लागि अमृत राई सहभागी थिए ।

उनीहरुले विशेषगरी आर्थिक कुटनीतिलाई प्रभावकारी ढंगले उपयोग गरी नेपालमा लगानी, पर्यटन, कला सँस्कृति (नेपाली चलचित्र), नेपाली उत्पादन (नेपाली हस्तकला)को प्रचार प्रसारमा केन्द्रीत गर्ने भन्दै खासगरी दुई देशका निजी क्षेत्र बीचको सम्पर्क तथा सम्बन्धलाई जोड्दै सोही माध्यममार्फत लगानी तथा व्यापार विस्तारमा जोड दिने बताएका थिए ।

कुन देशमा नेपालबाट के कस्तो वस्तु तथा सामान के कति परिमाणमा निर्यात गर्न सकिन्छ ? त्यसका वारेमा आवश्यक सूचना महासंघ जस्ता सँस्थाबाट उपलव्ध गराउनुपर्ने सुझाव राजदूतहरुको छ । बीटूबी सम्बन्ध र व्यापार प्रवद्र्धनका कार्यक्रममा नेपाली निजी क्षेत्रलाई सहभागी गराउने, व्यवासयिक प्रतिनिधिमण्डलको आदान प्रदानमा सहजीकरणको भूमिका निर्वाह गर्ने कार्यमा आफूहरूले सहयोग गर्ने विश्वास दिलाए ।

Advertisement

Advertisement

Advertisement