चौधरी समूहको ‘सिजी लाइफसेल’ले नेपालमा सार्वजनिक गर्यो ‘बिप एप’

Advertisement

काठमाडौं । सूचना सम्प्रेषणमा सहजता ल्याउने भन्दै चौधरी समूहको ‘सिजी लाईफसेल’ले ‘बिप एप’ नेपालमा सार्वजनिक गरेको छ । दूरसञ्चार क्षेत्रमा आक्रमकरुपमा आउने तयारी गरेको चौधरी समूहले सोही तयारीका क्रममा नेपाललाई अनुकुल हुनेगरी यो एप सार्वजनिक गरेको हो ।

एप सार्वजनिक गर्ने क्रममा चौधरी समूहका अध्यक्ष विनोद चौधरी पनि सहभागी भएका थिए भने प्रवन्ध निर्देशक निर्वाण चौधरीले विप एपको महत्वबारे बोलेका थिए । बिप एप एउटा म्याजेजिङ प्लेटफर्म हो, जहाँबाट भ्वाईस कल, भिडियो कल गर्न र म्यासेज एवं फाईलको आदान प्रदान गर्न सकिन्छ ।

यस एपको माध्यमबाट प्रयोगकर्ताले विनिमय दर, मौसमसम्बन्धी जानकारी र समाचारहरुका बारेमा सजिलै जानकारी प्राप्त गर्न सकिन्छ । निर्वाध चौधरीले डिजिटल नेपाल निर्माण गर्ने सरकारको लक्ष्यमा आफूहरु जतिसक्दो छिटो योगदान गर्न आतुर रहेको भन्दै यस एपबाट आम नेपालीमा अझै सर्वसुलभ रुपमा सूचनामा पहुँच पुग्ने बताए ।

यो एप आईओएस र एन्ड्रोईड दुवै मोवाईल अपरेटिङ सिस्टममा चल्छ । यसलाई गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ । मोबाईल फोनको भाषा अनुसार परिवर्तन गर्न सकिने यो एप कुनै पनि मोवाईल अपरेटरका ग्राहकहरुले सजिलै प्रयोग गर्न सक्छन् ।

यसमा विभिन्न प्रकारका निःशुल्क गेमहरु डाउनलोड नगरिकन पनि खेल्न सकिन्छ भने फलो मि र लोकेसन सेयर जस्ता बिशेषताहरु प्रयोग गर्न सकिन्छ । सरप्राईज पोइन्टबाट विभिन्न प्रकारका उपहारहरु जित्न सकिने यस एपमा बिप एपलाई ल्यापटप र डेक्सटपमा पनी प्रयोग गर्न सकिन्छ । यसमा १० जना प्रयोगकर्ताले एकैसाथ भिडियो कल गर्न सक्ने जनाइएको छ ।

Advertisement

Advertisement