'फोन पे'मा मर्चेन्टको संख्या १० हजार नाघ्यो, ५० भन्दा बढि बैंक तथा वित्तिय संस्था आबद्ध

Advertisement

काठमाडौं । नेपालको पहिलो र अग्रणी कम्पनी फोन–पे प्रालिले दशहजार मर्चेन्ट बनाउन आफू सफल भएको जनाएको छ । फोन पे मा विभिन्न १४ प्रकारका मर्चेन्टमा मासिक ५० हजार भन्दा धेरै कारोबार हुने गरेको भन्दै कम्पनीले फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको जनाएको छ ।

साठी प्रतिशत मर्चेन्ट प्रदेश नं. ३ मा रहेका छन् भने बाँकी ४० प्रतिशत अन्य प्रदेशमा रहेका छन् । फोनपे नेटवर्कले ५० भन्दा बढि बैंक तथा वित्तिय संस्था आबद्ध भइसकेको जनाउँदै कम्पनीले यसबाट नेपालभरका ७० लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको जनाएको छ ।

फोन पे ले धेरै भन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्तालाई यसको सदस्य र व्यवसायिक नेटवर्क मार्फत सक्रिय बनाएर आफ्नो क्षमतालाई थप गर्दै लैजान चाहेको जनाएको छ । फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो, जसले ग्राहक, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ ।

फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुचमा पुर्याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । फोनपेबाट धेरै गरिने आर्थिक क्रियाकलापमा सपिङ, यात्रामा गरिने खर्च, व्यवसायिक भुक्तानी आदि पर्छन ।

धेरै व्यवसायहरूमा इसेवा वा फोनपे बाट पैसा भुक्तानी गर्दा छुट पाइने अफरहरू पनि रहेका छन् । कारोबार वृद्धि गराउनका लागि हरेक महिना करिब २० मर्चेन्टमा विभिन्न छुट तथा नगद फिर्ता अफरहरु सञ्चालन गर्ने गरिएको छ । फोनपे एफवान सफ्ट इन्टरनेशनलकोे सहायक कम्पनी हो ।

Advertisement

Advertisement