काठमाडौं । आज मंगलबार अमेरिकी डलरसहित धेरै देशको मुल्य बढेको छ। नेपाल राष्ट्र बैंकले आज अमेरीकी डलर एकको खरिददर १११ रुपियाँ १५ पैसा तोकेको छ भने बिक्रीदर १११ रुपियाँ ७५ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपियाँ ८६ पैसा र बिक्रिदर १४१ रुपियाँ ६२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपियाँ ५२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ६९ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर २९ रुपियाँ ६४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ८० पैसा रहेको छ ।
त्यस्तै मलेसियन रिँगिट एकको खरिददर २६ रुपियाँ ७० पैसा, बिक्रिदर २६ रुपियाँ ८४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपियाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ४२ पैसा रहेको छ।
त्यसैगरी बैंकले कुवेती दिनार एकको खरिददर ३६५ रुपियाँ ८० रुपियाँ, बिक्रिदर ३६७ रुपियाँ ७७ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २९४ रुपियाँ ८२ पैसा तोकेको छ भने बिक्रिदर २९६ रुपियाँ ४१ पैसा तोकेको छ ।
Advertisement