काठमाडौं । सनराइज क्यापिटलले व्यवस्थापन गरेको र सनराइज बैंकले प्रवद्र्धन गरेको ‘सनराइज फष्ट म्युचुअल फण्ड’ १० बर्षे बन्दमुखी योजनाको १० रुपियाँ अंकित दरको १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई बैंकका लागि सुरक्षित राखी बाँकी आठ करोड ५० लाख बुधबारदेखि सर्वसाधारणका लागि निष्काशन गरिने भएको छ ।
सनराइज क्यापिटलले केयर रेटिङबाट एएमसी ३ रेटिङ प्राप्त गरेको छ । योजनाको कोष सुपरिवेक्षकमा चण्डिप्रसाद श्रेष्ठ, कृष्ण मानन्धर, बुद्धि आचार्य, प्राध्यापक पूणमान शाक्य, सुधिरकुमार शर्मा गरी पाँच जनालाई चयन गरिएको छ ।
Advertisement