चन्द्र सतहमा पानी रहेको प्रमाण भेटियो

Advertisement

एजेन्सी । चन्द्रमा पानी रहेको प्रमाण पहिलो पटक फेला परेको वैज्ञानिकहरुले दावी गरेका छन् । सूर्यको घाम लाग्ने चन्द्र सतहमा मोलिक्युलर वाटर भेटिएको जनाइएको हो ।

उनीहरुका अनुसार चन्द्रमामा पानी रहेको कुरा पहिले सोचेको भन्दा सामान्य रहेको र बरफको थुक्काहरु केही गाढा, छायाँले ढाकेको क्षेत्रमा लुकेको अवस्थामा रहेको छ । 

Advertisement

अनुसन्धानमा खटिएका वैज्ञानिकहरुले सोमबार अमेरिकी अन्तरिक्षा संस्था नासाद्धारा आयोजित कार्यक्रममा यस रोचक तथ्यबारे खुलासा र छलफल गरे । यस नयाँ तथ्यले सन् २०२४ मा चन्द्रमाको दक्षिण ध्र्रुवमा अवतरण गराउने भनिएको अन्तरिक्ष यात्रीहरुसहितको नासाको महत्वाकांक्षी आर्टेमिस कार्यक्रमलाई पनि सहयोग पुग्ने उनीहरुको आशा छ ।

Advertisement