राजदूत खान मुख्यसचिवबाट चाँडै राजीनामा दिएको होइन्ः लोकदर्शन

Advertisement

काठमाडौं । बेलायतका लागि राजदूत सिफारिस भएका पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीले आफूले राजदूत खान चाँडै राजीनमा नदिएको जिकिर गरेका छन् । संसदीय सुनुवाईका क्रममा बिहीबार साँसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले संविधान र कानुनअनुसार सरकारले बेलायतका लागि आफूलाई राजदूतमा प्रस्तावित गरेको दावी गरे । 

सरकारको निर्णयलाई आफूले शिरोधार्य गरेको बताउँदै राजदूत पद पाउनका लागि कुनै पनि कार्य नगरेको तर्क गरे । राजदूत बनाउने भएपछि रेग्मीले समय अगाबै मुख्यसचिवबाट राजीनामा दिएर शंकर बैरागीलाई मुख्यसचिव बनाउन बाटो खोलिदिएका थिए । 

Advertisement

मुख्य सचिव रहेका बेला राजदूत पाउनका लागि राजीनामा दिएको भन्दै साँसदहरुले उनीमाथि प्रश्न उठाएका थिए । रेग्मीमाथि सांसद भीमसेनदास प्रधान, सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, अमृता थापा, पुष्पा भुसाललगायतले प्रश्न उठाएका थिए । 

उनीहरुले प्रधानमन्त्री केपी ओलीको दबाबमा राजीनामा दिएको हो ? मुख्य सचिवमा रहेका बेला किन राजीनामा दिएको ? भनेका थिए । साँसदहरुले यस्तो प्रवृत्ति हटाउन कुलिङ पिरियड राख्नुपर्ने पनि बताएका थिए । 

Advertisement

Advertisement