गुगलले भारतमा ७५ हजार करोड लगानी गर्ने

Advertisement

काठमाडौं । गुगल कम्पनीले भारतमा ७५ हजार करोड रुपैयाँ लगानी गर्ने भएको छ । गुगल इण्डियाका सिइओ सुन्दर पिचाईले सोमबार बार्षिक कार्यक्रम सार्वजनिक गर्दै ७५ हजार करोड लगानी गर्ने घोषणा गरेका हुन् । भारतीय अर्थतन्त्रलाई डिजिटल बनाउन गुगलले १० अर्ब अमेरिकी डलर अर्थात ७५ हजार करोड भारु लगानी गर्नेछ । पिचाईले कोभिड १९ का अनलाइन नै मानव जीवनको लाइफलाइन बनेको बताए । । 

पिचाईका अनुसार गुगल कम्पनीले गरेको घोषणा अनुसार भारत विदेशी लगानीका लागि आकर्षक गन्तव्य  बन्नेछ । यो लगानीको घोषणाले नरेन्द्र मोदीले अघि सारेको डिजिटल इण्डिया परियोजना सफल बनाउन सघाउने अपेक्षा गरिएको छ । केन्द्रिय सञ्चार मन्त्री रबिशंकर प्रसाद र केन्द्रिय मानव संसाधान विकास मन्त्री रमेश पोखरियालले सो कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

गुगल फर इण्डिया सबै भन्दा पहिलो २०१५ मा आयोजना गरिएको थियो । त्यसपछि हरेक वर्ष आयोजना हुँदै आएको छ । यो कार्यक्रममा गुगलले भारतमा आफ्ना भावी योजनाबारे सर्वसाधारणलाई जानकारी दिने गरेको छ । सोमबार भारतीय प्रधानमन्त्ती नरेन्द्र मोदीले गुगल फर इण्डियाका सिइओ पिचाईसँग कुरा गरेका थिए । 


 

Advertisement

Advertisement

Advertisement