कुल ७६ लघुवित्तमध्ये ४२ ले त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेनन्, ३४ ले कमाए तीन अर्ब नाफा

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा अहिले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्न चटारो छ । २६ बाणिज्य बैंकले आफ्नो वित्तीय अवस्था सार्वजनिक गरिसकेका छन् । 

सञ्चालनमा रहेका ७६ लघुवित्त कम्पनीमध्ये हालसम्म ३४ लघुवित्त कम्पनीले मात्र चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बाँकी ४२ कम्पनीले अझैसम्म पनि विवरण सार्वजनिक गर्न सकेका छैनन् । 

Advertisement

नेपाल राष्ट्र बैंकको नीतिअनुसार बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्षको दोस्रो त्रैमासिक (पुससम्मको) प्रतिवेदन ढिलोमा माघको दोस्रो सातासम्म निष्काशन गरिसक्नुपर्ने हुन्छ । तर, अन्तिम समयसम्म पनि आधा भन्दा बढि कम्पनीको वित्तीय विवरण सार्वजनिक हुन सकेको छैन । 

३४ लघुवित्त कम्पनीको मुनाफा रु. तीन अर्बभन्दा माथि
चालु अर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश लघुवित्त  कम्पनीको नाफामा निकै सुधार आएको देखिएको छ । कोरोना कहरका बीच ती कम्पनीहरुले अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा नाफा निकै बढाउन सफल भएका हुन् । 

४२ लघुवित्तले चालु आर्थिक बर्षको पहिलो छ महिनामा तीन अर्ब एक करोड रुपियाँ नाफा कमाएका छन् । जसमा सबैभन्दा धेरै मुनाफा छिमेक लघुवित्तले कमाएको छ । यस लघुवित्तले ६१ करोड ९४ लाख ९४ हजार रुपियाँ नाफा कमाएको छ । उक्त कम्पनीको नाफा गत वर्षका यसै अवधिको भन्दा २७.७९ प्रतिशतले बढि हो । गत वर्ष छिमेकले ४८ करोड १६ लाख ३५ हजार रुपियाँ नाफा गरेको थियो । 

Advertisement

Advertisement