प्रतिलिटर रु. ५४ पनि नपर्ने पेट्रोलमा रु. ५५ कर, उपभोक्ता चर्को मूल्य तिर्न बाध्य

Advertisement

काठमाडौँ । पेट्रोलियम पदार्थमा लगाइएको शतप्रतिशत करका कारण सर्वसाधारण इन्धन खरिदमा चर्को मूल्य तिर्न बाध्य भएका छन् । यसले इन्धनसँग अन्तरसम्बन्धित सबैजसो सामग्रीको भाउलाई प्रभावित गरेको छ । हाल नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोल प्रतिलिटर ५३ रुपियाँ ९७ पैसामा खरिद गरेको छ ।

यसमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट)सहित सम्पूर्ण राजस्व करिब ५५ रुपियाँ लिन्छ । ‘सर्वसाधारणलाई महँगो हुनुको मुख्य कारण नै चर्को राजस्व हो,’ निगमका एक उच्च अधिकारीले भने, ‘यो कर हामीले लिने होइन । सरकारको खातामा जान्छ ।’

Advertisement

निगमका अधिकारीले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ हुँदा त्यसैअनुसार समायोजन गर्नु आफूहरूको बाध्यता रहेको बताए । अहिले निरन्तर मूल्य बढिरहेको छ । आयल निगमद्वारा जारी विज्ञप्तिमा मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपियाँ बढाइएको उल्लेख छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement