गुगल प्लस कोडलाई सरकारले दियो आधिकारिक ठेगानाको मान्यता

Advertisement

काठमाडौँ । सरकारले गुगल प्लस कोडलाई आधिकारिक ठेगानाको मान्यता दिएको छ । यो व्यवस्थासँगै जुनसुकै व्यक्तिले पनि आफ्नो घर वा कार्यालयको ठेगाना (प्लस कोड) निर्माण गरी चिठीपत्र आदानप्रदानका लागि प्रयोग गर्न सक्ने भएका छन् । हुलाकमार्फत चिठीपत्र पाउन वा पठाउन ठेगानाका लागि लामो विवरण लेख्नुपर्ने झन्झट पनि यसले हटाउने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यसै साता पारित गरेको हुलाक वस्तु वितरणका लागि गुगल प्लस कोड प्रयोगसम्बन्धी कार्य सञ्चालन प्रक्रियाअनुसार हुलाक कार्यालयले गुगल प्लस कोडमा आधारित ठेगानामा चिठीपत्र आदानप्रदान गर्न सुरु गरिसकेको गोस्वारा हुलाक कार्यालयका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

Advertisement

 ‘सरकारले कार्यविधि पारित गरेलगत्तै गुगल प्लस कोडका आधारमा हामीले चिठी पठाउन सुरु गरिसकेका छौं,’ उनले भने, ‘देशभरका हुलाक कार्यालयले यस्तो सेवा दिनेछन् ।’ गुगल प्लस कोडले जेनेरेट गर्ने ठेगाना ठ्याक्कै मिल्ने भएकाले अव्यवस्थित सहरीकरण भएको काठमाडौंलगायतका सहरी क्षेत्रमा यो प्रभावकारी हुने उनको भनाइ छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement