नयाँ वर्षसँगै भिभोको विशेष अफर, के के छन् सुविधा तथा आकर्षण ?

Advertisement

काठमाडौं । स्मार्टफोनमा विश्वमै अग्रणी भिभोले नेपाली नयाँ वर्षलाई लक्षित गरी खुद्रा आउटलेटहरूबाट आफ्ना ग्राहकहरूलाई अत्याधिक छुटका साथमा उत्साहजनक उपहार योजना ल्याएको छ । 

यो अभियान बुधबारदेखि आउँदो अप्रिल २५ सम्म कायम रहने भिभो नेपालले जनाएको छ । भिभोको भि सिरिज ह्यान्डसेट जस्तै भि२० (आठ जिवि प्लस १२८ जिवि) भि२० एसई (आठ जिवि प्लस १२८ जिवि) तथा वाई सिरिज स्मार्टफोनको वाई५१ (आठ जिवि प्लस १२८ जिवि) वाई१२ (तीन जिवि प्लस ३२ जिवि) वाई९१ सि (दुई जिवि प्लस ३२ जिवि)को खरीदमा विशेष छसटको व्यवस्था गरिएको छ । 

Advertisement

१) भिभो भि२० को पर्चेच प्राईस ड्रप रु ३००० मा उपलब्ध हुनेछ । पहिलो १०० उपभोक्ता जसले भिभो भि२० खरिद गर्नेछ, उसले उत्साहजनक गेमिङ हेडफोन जित्ने मौका पाउनेछ । 

२) पहिलो १५० उपभोक्ता जसले भिभो भि२० एसई खरिद गर्नेछ, उसले ब्लुतुथ स्पिकर घरमा भित्राउन पाउनेछन् ।

३) भिभो वाई२० (तीन जिवि प्लस ३२ जिवि)को सबै खरिदकर्ताहरुलाई पर्चेच प्राईस ड्रप रु १००० मा उपलब्ध हुनेछ ।

४) सबै ग्राहकले भिभो वाई९१सीको खरिदका लागि पर्चेच प्राईस ड्रप रु २००० मा लिन सक्नेछन् ।

५) ग्राहकहरुले भिभो वाई१२एस रु १००० छुटका साथमा खरिद गर्न सक्नेछन् ।

६) पहिलो १७०० ग्राहक जसले भिभो वाई२० (चार जिवि प्लस ६४ जिवि), वाई२०एस, वाई५१ स्मार्टफोन खरिद गर्नेछन् तिनीहरुले यस सिजनको आईपिएल जर्सि जित्ने मौका पाउने छन् । 

प्रथम क्रेता र भाग्यशाली विजेता बन्नका लागि प्रयोगकर्ताले एक पटक उपकरण सक्रिय गरेर भिभोको सफ्टवयरमा स्कान गरेपछि छनौट हुनेछ । आईपीएल जर्सी, गेमिङ हेड फोन तथा ब्लुतुथ स्पिकरमा २५ प्रतिशत टिडिएस लाग्ने भए पनि सो रकम भिभोले भुक्तानी दिने जनाइएको छ ।  

वाई१२एस को छुट अफर र बम्पर पुरस्कार नयाँ वर्षको लागि मात्र मान्य रहने जानकारी दिँदै भिभो नेपालले प्राईस ड्रप क्याम्पियन भने नयाँ वर्षको अफर सकिएपछि पनि लागू हुने जानकारी दिएको छ । ्

भिभो नेपालका सीईओ मार्सले नयाँ वर्षको अभियानको साथ भिभोले स्मार्टफोन सपिङका लागि पहिलेको भन्दा अझै सहज बनाउने बताएका छन् । यस अवसरमा उच्च प्रविधिको स्मार्टफोन भि सिरिज र वाई सिरिज सहुलियत मूल्यमा ग्राहकलाई उपलब्ध गराउने बताउँदै भिभोले सेल्फी र फोटोग्राफी इच्छुकहरुका लागि सिल्क डिजाईनमा अगाडि पछाडि क्यामरायुक्त अतुलनीय प्रविधि र पुरै आविष्कारलाई परिस्कृत गरी भि सिरिजको निर्माण गरिएको, युवा वर्गमा लक्षित वाई सिरिजमा रहेको अत्याधिक तथा लामो समयसम्म टिक्ने ब्याट्रि तथा एआई क्यामरा सेटअपका कारण युवाको मन जित्न सफल भएको जनाएको छ । 

Advertisement