२२ वाणिज्य बैंकले ४८ अर्ब कमाए, तीन बैंकको नाफा घट्यो, कस्को कति ? सूचीसहित

Advertisement

काठमाडौं । गत आर्थिक वर्ष (२०७७/०७८) मा २२ वटा वाणिज्य बैंकहरुले ४८ अर्ब रुपियाँ भन्दा धेरै नाफा कमाएका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने वाणिज्यहरु बैंक मध्ये तीन बैंकको नाफामा गिरावट आएको छ भने बाँकी १८ बैंकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा बढेको छ । 

यता बाँकी ६ बैंकको भने यस आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक सकेको छैन । हालसम्म वित्तीय विवरण सार्वजनिक गर्न बाँकी नबिल बैंक, ग्लोबल आईएमई बैंक, सनराईज बैंक, नेपाल एसबीआई र सेञ्चुरी बैंक छन् ।

Advertisement

यस अवधिसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंकमा तीन अर्ब भन्दा धेरै नाफा भएका बैंक ६ वटा छन् । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक,  प्राईम बैंक, एनआईसी एसिया बैंक र नेपाल बैंकको नाफा तीन अर्ब भन्दा माथि रहेको छ । यस्तै, सात वटा बैंकको नाफा दुई अर्ब भन्दा माथि रहेको छ भने नौं बैंकको नाफा एक अर्ब भन्दा माथि छ । बाँकी एक बैंकको नाफा करोडमा मात्रै सिमित छ । 

अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमा सबैभन्दा बढी नाफा राष्ट्रिय बाणिज्य बैंकको छ । यस बैंकको नाफा अघिल्लो वर्षको यसै अवधिको भन्दा १३ प्रतिशत भन्दा धेरैले घटेको भएता पनि सबै भन्दा धेरै छ । बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्म तीन अर्ब ७९ करोड रुपियाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यसको नाफा चार अर्ब माथि थियो । 

यस्तै, सबै भन्दा धेरै नाफा हुने दोस्रो बैंकको रुपमा  कृषि विकास बैंक छ । यस बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्म तीन अर्ब ६९ करोड नाफा कमाएको छ । यो बैंकको नाफा अघिल्लो अर्थिक वर्षको यसै अवधिको भन्दा १० प्रतिशत भन्दा धेरै बढेकोे छ । अघिल्लो वर्ष बैंकको  नाफा तीन अर्ब ३३ करोड रुपियाँ थियो । 

धेरै नाफा बढाउन सफल पाँच बैंक 
यस अवधिसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरु मध्ये सबै भन्दा धेरै नाफा बढाउन सफल पाँच बैंक नेपाल बंगलादेश बैंक, कुमारी बैंक, प्रभु बैंक, एनएमबि  बैंक, मेगा बैंक र प्राईम कमर्सियल बैंक  रहेका छन् । बैंकहरुको नाफा आघिल्लो वर्षको यसै अवधिको भन्दा क्रमशः ८४.६४ प्रतिशत, ७३.९१ प्रतिशत, ६८.९० प्रतिशत, ५९.७१ प्रतिशत, ४५.५६ प्रतिशत र ४४.४४ प्रतिशत धेरै रहेको छ । 

नाफा घटेका बैंकहरु 
समीक्षा अवधिसम्म आउदा वित्तीय विवरण सार्वजनिक गरेका मध्ये तीन बैंकको नाफामा गिरावट आएको छ । यस अवधिसम्म आउदा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा २९.२९ प्रतिशतले घटेको छ । यस्तै, एभरेष्ट बैंकको नाफा २७.४९ प्रतिशतले घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको नाफा १३.२७ प्रतिशतले घटेको छ । 

बैंकको नाफा रु.हजारमा 

Advertisement

Advertisement