फाइनान्स कम्पनी वित्तीय विश्लेषणः मन्जुश्री अब्बल, अरु कस्ता ? (सूचीसहित)

Advertisement

काठमाडौं । गत आर्थिक वर्षमा अधिकांश वित्त कम्पनीहरूको वित्तीय अवस्था अघिल्लो आर्थिक वर्षको भन्दा सुधार भएको छ । धेरै कम्पनीको खुद नाफा, सञ्चालन नाफा, चुक्ता पुँजी र जगेडा कोष उकालो लागेको छ । 

वित्तीय विवरण सार्वजनिक गर्ने प्रायः सबै वित्त कम्पनीको खुद ब्याज आम्दानी घट्दा पनि कम्पनीको सञ्चानल नाफामा भने सुधार आएको छ । यता, कम्पनीहरूको गैरसञ्चालन आम्दानी बढेका कारण ब्याज आम्दानी घट्को छ । यस्तो आम्दानी बढ्दा कम्पनीको नाफा बढ्न सहयोग पुगेको छ । वित्त कम्पनीले कोरोना महाकारीका कारण कोर विजनेशबाट भन्दा गैरआम्दानीबाट नाफा आम्दानी बढाउन सफल भएको देखिन्छ । 

Advertisement

नाफामा कुन कम्पनी अब्बल ?
गएको आर्थिक बर्षमा नाफामा अब्बल वित्त कम्पनीमा मन्जुश्री फाइनान्स रहेको छ । यसको खुद नाफा असारसम्म सबैको भन्दा धेरै छ । मन्जुश्रीले नाफा असारसम्म ५६ करोड ८१ लाख १८ हजार रुपियाँ छ । यस अवधीसम्म अघिल्लो वर्षको भन्दा धेरै नाफा बढाउन सफल वित्त कम्पनी पनि मन्जुश्री नै छ । यस कम्पनीले गएको आर्थिक वर्षको अन्त्यसम्म खुद नाफा ११५.८१ प्रतिशतले बढाउन सफल भएको हो । 

समीक्षा अवधिसम्म तीन फाइनान्स कम्पनीको नाफा ओरालो लागेको छ । नाफा धेरै घट्ने कम्पनीहरुमा नेपाल फाईनान्स कम्पनी, समृद्धि फाइनान्स कम्पनी र जानकी फाईनान्स कम्पनी छन् । यी कम्पनीको नाफामा क्रमशः ४१.२१ प्रतिशत, ६८.३१ र २०.२८ प्रतिशतले ओरालो लागेको छ । गत आर्थिक वर्षमा वित्त कम्पनीहरूको खुद नाफा दुई अर्ब २१ करोड ७० लाख रुपियाँ भन्दा माथि थियो । 

नाफा कस्को कति  रु.हजारमा ?

Compey Name  Profit /loss 2078 Profit/loss 2077 Change in %
Nepal finance  262228 44615 -41.21
Gurkhas finance  201896 -79493  
Shree investment  114044 113754 0.25
Best finance  82383 77325 6.54
Progressive  41152 34996 17.59
Janaki  63512 79677 -20.28
Pokhara  136391 76952 77.24
Central  109230 86383 26.49
Multipurpose  15535 13906 11.97
Samriddhi  4499 32877 -68.31
Guheshwori 101973 62766 62.46
ICFC  196273 104353 17.59
Manju shree  568118 233244 115.81
Reliance  136609 102533 32.23
Good will  183192 107851 69.85
Total 2217035 1091739 103

वितरणयोग्य नाफा कस्को कति ?
गएको आर्थिक वर्षमा लगानीकर्तालाई वितरण गर्ने नाफामा पनि मन्जुश्री फाइनान्स अगाडि छ । यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई दिन ४८ करोड ५६ लाख २७ हजार रुपियाँ छुट्टयाएको छ । 

मन्जुश्रीले अघिल्लो आर्थिक वर्षको यसै अवधिको भन्दा ३०६.४७ प्रतिशत बढि नाफा लगानीकर्तालाई वितरण गर्न लागेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले लगानीकर्तालाई ११ करोड ९४ लाख ७५ हजार रुपियाँ वितरणयोग्य नाफा छुट्याएको थियो । यस कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६–७७ मा लगानीकर्तालाई १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

यस आर्थिक वर्षमा १५ वित्त कम्पनीको वितरणयोग्य नाफा एक अर्ब ७३ करोड रुपियाँभन्दा धेरै छ । 

वितरण योग्य नाफा रु.हजारमा 

Compey Name  Distributable  p/l 2078 Distributable  p/l 2077 Change  in %
Compey Name  17547 17008 2.63
Nepal finance  400753 0 0
Gurkhas finance  93827 73295 28.01
Shree investment  35820 -5458 0
Best finance  43205 -32536 0
Progressive  0 0 0
Janaki  93271 20326 358.87
Pokhara  100761 0 0
Central  0 0 0
Multipurpose  0 0 0
Samriddhi  133615 0 0
Guheshwori  128452 0 0
ICFC  485627 119475 306.47
Manju shree  155217 38423 303.96
Reliance  43205 -32536 0
Good will  1731300    

खुद ब्याज आम्दानी कस्को कति ? 
आर्थिक वर्ष २०७७–७८ मा सबैभन्दा धेरै खुद ब्याज आम्दानी गर्ने कम्पनीमा पनि मन्जुश्री फाइनान्स कम्पनी छ । यस अवधिसम्म सबैभन्दा धेरै खुद ब्याज आम्दानी भएको र सबैभन्दा धेरै यस्तो आम्दानी बढाउन सफल कम्पनी मन्जुश्री रहेको छ । 

यस कम्पनीले यस अवधिसम्म खुद ब्याज आम्दानी ३०६.४७ प्रतिशतले बढाएर ४८ करोड ६५ लाख २७ हजार रुपियाँ पुर्याउन सफल भएको छ । कम्पनीको खुद ब्याज आम्दानी बढेको कारण पनि वितरणयोग्य नाफा र खुद नाफामा उल्लेखनीय सुधार गर्न सफल भएको हो । 

यस अवधिसम्म छ वटा कम्पनीको खुद ब्याज आम्दानी घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सबैभन्दा धेरै खुद ब्याज आम्दानी घटेको कम्पनी जानकी फाइनान्स छ । यो कम्पनीको यस्तो आम्दानी ३६.४४ प्रतिशतले घटेको छ । 

यस्तै, समृद्धि फाइनान्स कम्पनीको खुद ब्याज आम्दानी १३.१८ प्रतिशत, सेन्ट्रल फाईनान्स कम्पनीको यस्तो आम्दानी १०.५२ प्रतिशत, वेष्ट फाइनान्स कम्पनीको यस्तो आम्दनी ३०.७२ प्रतिशत, श्रीइन्भेष्टमेन्ट फाइनान्स कम्पनीको खुद ब्याज आम्दानी  १९.१३ प्रतिशत र गोर्खाज फाइनान्स कम्पनीको आम्दानी २९.१९ प्रतिशत घटेको छ । 

गत आर्थिक वर्षमा वित्त कम्पनीहरुको खुद ब्याज आम्दानी दुई अर्ब २६ करोड रुपियाँ भन्दा धेरै छ । 

खुद ब्याज आम्दानी रु.हजारमा 

Compey Name  Net intrest income 2078 Net intrest income 2077 Change in %
Nepal finance  20099 27021 25.69
Gurkhas finance  215856 304858 -29.19
Shree investment  213774 264372 -19.13
Best finance  103936 150044 -30.72
Progressive  79713 70543 12.99
Janaki  115141 181157 -36.44
Pokhara  319910 306564 4.34
Central  185886 207759 -10.52
Multipurpose  25942 25096 3.37
Samriddhi  26873 30955 -13.18
Guheshwori 113615 0 0
ICFC  128452 0 0
Manju shree  486527 119475 306.47
Reliance  155217 17008 2.63
Good will  73603 48440 51.49
Total 2264544 1753299 29.15

सञ्चालन नाफा कुनको कति ?

गत आर्थिक वर्षमा वित्त कम्पनीहरुको सञ्चालन नाफा दुई अर्ब ६२ करोड रुपियाँभन्दा माथि छ । सञ्चालन नाफामा पनि सबैभन्दा अगाडि मन्जुश्री छ । यस कम्पनीको सञ्चालन नाफा आर्थिक वर्षको अन्त्यसम्म ८० करोड ९३ लाख रुपियाँ भन्दा धेरै छ । 

यस अवधिसम्म पाँच कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्षको यसै अवधिको भन्दा घटेको छ । बाँकी १० कम्पनीको यस्तो नाफा बढेको छ । 

सञ्चालन नाफा रु. हजारमा 

Column1 Column2 Column3 Column4
Compey Name  Opreting Profit 2078 Opreting Profit 2077 Change  in %
Nepal finance  60043 46742 28.45
Gurkhas finance  328396 -68745 0
Shree investment  167420 162506 3.03
Best finance  101236 64115 -57.89
Progressive  18469 45741 -59.62
Janaki  90732 110385 -17.8
Pokhara  181546 104920 72.34
Central  154746 117637 31.54
Multipurpose  22192 20930 6.02
Samriddhi  62267 45954 35.49
Guheshwori 82004 86302 -4.98
ICFC  280023 146807 90.74
Manju shree  809393 378776 113.68
Reliance  195156 148095 31.77
Good will  66925 150360 -55.49
Total 2620548 1560525 6.79

प्रतिसेयर आम्दानी (ईपीएस) धेरै भएको कम्पनी कुन ? 

समीक्षा अवधिसम्म सबैभन्दा धेरै प्रतिसेयर आम्दानी मन्जुश्री फाइनान्स कै रहेको छ । यस कम्पनीको ईपीएस ५८ रुपियाँ ८५ पैसा छ । यस कम्पनीको ईपीएस अघिल्लो आर्थिक वर्षको यसै अवधिको भन्दा २४ रुपियाँ ५१ पैसाले बढाउन सफल भएको हो । 

यस्तै प्रतिसेयर आम्दानी सबैभन्दा धेरै भएको दोस्रो कम्पनी गोर्खाज फाइनान्स छ । यस अवधिसम्म यस कम्पनीको यस्तो आम्दानी २३.२६ पैसा छ । समीक्षा अवधिसम्म पाँच कम्पनीको ईपीएस घटेको छ । 

ईपीएस रुपियाँमा 

Compey Name  EPS 2078 EPS 2077 Change  in RS
Nepal finance  9.8 32.85 -23.05
Gurkhas finance  23.26 2.92 20.34
Shree investment  12.81 13.72 -1.01
Best finance  9.94 9.38 0.56
Progressive  5.14 1.16 3.98
Janaki  10.58 13.27 -23.05
Pokhara  13.19 7.96 5.23
Central  12.4 10.49 1.91
Multipurpose  3.88 4.64 -0.76
Samriddhi  1.05 18.07 -17.02
Guheshwori 11.8 8.45 3.35
ICFC  19.16 11.26 7.9
Manju shree  58.85 34.34 24.51
Reliance  14.92 12.32 2.6
Good will  21.12 13.64 7.64

चुक्ता पुँजी कस्को कति ? 
चुक्ता पुँजीमा सबैभन्दा अब्बल आईसीएफसी फाइनान्स छ । यसको पुँजी असार मसान्तसम्म एक दुई करोड ४२ लाख ६५ हजार रुपियाँ छ ।

Compey Name  Paid capital 2078 Paid capital 2077 Change in % 
Nepal Finance  493496 135801 263.33
Gurkhas Finance  867993 818131 18
Shree Investment  890134 829035 7.36
Best Finance  828913 828913 0
Progressive  800100 800100 0
Janaki  600411 600411 0
Pokhara  934545 917281 5
Central  881035 823397 7
Multipurpose  400000 400000 0
Samriddhi  828385 181980 135.4
Guheshwori 864000 864000 0
ICFC  1024265 926502 10.55
Manju shree  965395 818131 18
Reliance  915658 832416 10
Good will  867200 800000 8.4
Total 12161530 10576098 14.99

जगेडा कोष रु. हजारमा 

Compey Name  Reseves  2078 Reseves 2077 Change in %
Nepal finance  439446 243464 80.49
Gurkhas finance  756458 790089 -29.55
Shree investment  276078 236617 16.67
Best finance  420418 331025 27
Progressive  47768 67808 -29.55
Janaki  171705 189211 -9.25
Pokhara  305599 273563 11.71
Central  214752 193120 11.2
Multipurpose  45525 30799 47.81
Samriddhi  128618 236998 -49.73
Guheshwori  386053 310307 24.31
ICFC  416150 287797 44.59
Manju shree  282193 293123 -3.73
Reliance  190082 153260 24.02
Good will  999193 373907 165.35
Total 5080038 4011088 27

Advertisement