एमसीसी पास गर्ने वातावरण बनाउन आएकी फतिमाले शीर्ष नेताहरूलाई भेट्ने, सुरुवात ओलीबाट

Advertisement

काठमाडौं । अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता अनुमोदनका लागि वातावरण बनाउन नेपाली आएको उक्त संस्थाकी उपाध्यक्ष फतिमा सुमारले नेपालका सबै शीर्ष नेतालाई भेट्ने भएकी छन् । 

चार दिन लामो नेपाल भ्रमणमा फतिमा र एमसीसीका नायव उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले पहिलो भेट नेकपा एमालेका अध्यक्ष केपी ओलीबाट सुरुवात गर्दैछ । एमसीसीको टोली बिहीबार बिहान काठमाडौं आइपुगेको हो । 

Advertisement

एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने कुरामा मुलुकभित्र चर्को विरोध भइरहेको बेला सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले जसरी पनि यो सम्झौता अनुमोदन गराउने तयारी गरेको छ भने कम्युनिष्ट दल र नेताहरू भने अलमलमा देखिन्छन् । 

एमसीसीले दिने अनुदान रकम अमेरिकाको सैन्य रणनीतिको हिस्सा भएको कम्युनिष्ट नेता र कतिपय बुद्धिजीवीको छ । तर काँग्रेस नेता र सो दलनिकट बुद्धिजीवी भने सो कुरालाई इन्कार गर्छन् । 

एमसीसीको टोली मेरियट होटलमा केही समय आराम गरेर याक एण्ड यतिमा लन्च गरेपछि कमलादीस्थित अमेरिकी राजदूतको निवासमा गएर छलफल गर्ने त्यसपछि नेताहरूलाई भेट्न सुरु गर्ने योजना बनाएको छ । 

त्यसपछि अमेरिकी राजदूत रेण्डी बेरीलाई समेत लिएर एमसीसीको टोली एमाले अध्यक्ष ओलीसँग भेट्न बालकोट जाने कार्यक्रम छ । त्यसपछि क्रमसः विभिन्न दलका शीर्ष नेता, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री सबैलाई भेटेर एमसीसी पास गर्ने वातावरण बनाउने तयारी रहेको स्रोतको भनाई छ । 

Advertisement

Advertisement