विद्युत प्राधिकरणलाई देखाएर इन्टरनेटको भाउ बढाउन पाइन्नः क्यान महासंघ

Advertisement

काठमाडौं । सुचना प्रविधि व्यवसायीहरूको संस्था क्यान महासंघले इन्टरनेटको भाउ नबढाउन आग्रह गरेको छ । नेपाल विद्युत प्राधिकरणलाई कारण देखाएर इन्टरनेटको भाउ बढाउने कुराप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै महासंघले इन्टरनेट सेवालाई सर्वसुभल बनाउनुपर्ने कुरामा जोड दिएको छ । 

महासंघले विज्ञप्तिमार्फत विगत केही दिनदेखि विद्युत प्राधिकरणको गतिविधिका कारण निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक (आईएसपी)ले शुल्क बढ्ने प्रयास भइरहेको भन्दै इन्टरनेट सेवालाई सर्वसुलभ बनाउन करका दरलाई घटाउन माग भइरहेको समयमा उल्टै शुल्क बढाउने कुराप्रति आपत्ति जनाएको छ । 

Advertisement

आईएसपीहरूको संस्था आईस्पानले नेपाल दूरसञ्चार प्राधिकरणलाई शहरी क्षेत्रमा १५० रुपियाँदेखि ग्रामीण क्षेत्रमा तीन सय रूपियाँसम्म शुल्क बढाउन प्रस्ताव गरेको छ । विद्युत प्राधिकरणले पोलमा तार टाँगेवापत भन्दै चर्को शुल्क तिर्न दबाब दिएको कारण देखाउँदै आईस्पानले शुल्क बढाउन आग्रह गरेको हो । यद्यपि प्राधिकरणले शुल्क बढाउन स्वीकृति भने दिइसकेको छैन् । 

महासंघले निजी–सरकारी साझेदारीबाट इन्टरनेट सेवा सुरू भएकाले र देशभर इन्टनेट सेवा पुर्याउन कोरोना महामारी नभनी यो क्षेत्र निरन्तर सक्रिय रहेको भन्दै उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणसँग पोल भाडा दर पुनरावेदन समितिको प्रतिवेदन र २०७७ साल भदौ पाँच गते बसेको विद्युत प्राधिकरणको सञ्चालक समितिको निर्णय अनुसार विगतकै भाडा दर कायम गर्न अनुरोध गरेको छ । पोल भाडाका बढाउने कुरा इन्टरनेट सेवा प्रदायक, ग्राहक तथा डिजिटल नेपाल निर्माण गर्ने सरकारको अभियान विपरीत हुने महासंघको भनाई छ । 

Advertisement